नेपालमाथि नेदरल्यान्ड्सको कीर्तिमानी जित
2021/04/20, 4:54
 
aa

नेदरल्यान्ड्सले त्रिकोणात्मक टि२० आई सिरिजमा घरेलु टोली नेपालमाथि ३ विकेटको सानदार जित निकालेको छ । जितको लागि २ सय ७ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १९.३ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो ।

नेदरल्यान्ड्सका बास डी लिडले ४२ बलमा ७ चौका र ५ छक्का सहित ८१ रन अविजित रहँदै टोलीलाई सानदार जित दिलाए । यो नेदरल्यान्ड्सले आफ्नो टि२० आई इतिहासकै सर्वाधिक विशाल लक्ष्य पूरा(चेश) गरेको हो । बेन कुपर ३५ बलमा १० चौका सहित ५५ रनमा क्याच आउट भए । नेपालका स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा ४८ रन खर्चेर ४ विकेट लिए । करण केसी, कुशल मल्ल र अभिनाश बोहराले १–१ विकेट लिए । त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ६ रन बनाएको थियो । नेपालले टि२० आईमा दोस्रो पटक २ सयमाथिको योगफल बनाएको हो । नेपालका ओपनर कुशल भुर्तेल ४६ बलमा ८ चौका र १ छक्का सहित सर्वाधिक ६२ रनको योगदान दिए । उपकप्तान दीपेन्द्र सिंह ऐरीले ३० बलमा ३ चौका र ५ छक्का सहित आक्रामक ६० रनको योगदान दिए ।