बालविवाह अन्त्यका लागि पैरवी कार्यक्रम
2021/04/21, 3:40
 
death

बालविवाह न्यूनीकरणको लागि स्थानीय सरकारसँग पैरवी कार्यक्रम सम्पन्न भएको छ। बालविवाह अन्त्यका लागि रणनैतिक योजना बनाउन जनप्रतिनिधिलाई अग्रसर गराउन पैरवी कार्यक्रम राखिएको हो।

संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको सहयोगमा नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरिरहेको रुपान्तरण कार्यक्रमले पाटन नगरपालिकाका जनप्रतिनिधिसँग अन्तरक्रिया गरेको हो।

बालविवाह अन्त्यका लागि स्थानीय सरकारले पहल गर्नुपर्ने कुरालाई मध्यनजर गरेर जनप्रतिनिधिहरुसँग पैरवी कार्यक्रम राखिएको रेडक्रसका कार्यक्रम संयोजक कमलापति भट्टले जानकारी दिए।

कार्यक्रममा बोल्दै पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दले बालविवाह अन्त्यका लागि नगरपालिकाले रणनैतिक योजना बनाउने बताए। नगरपालिकाले अहिले पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरिरहेको भन्दै अबका दिनमा योजनासहित अघि बढ्ने जानकारी दिए।

यस्तै जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले बालविवाह विकासको बाधकको रुपमा अघि आएकाले यसको अन्त्यका लागि सबैले लाग्नुपर्ने बताए।  बैतडीका ५ स्थानीय तहमा बालविवाह अन्त्यका लागि रुपान्तरण कार्यक्रम सञ्चालन गरिरहेको र यसमा स्थानीय सरकारको बिशेष भूमिका रहने पैरवी कार्यक्रमका सहभागीले बताएका थिए।