पदमुक्त पूर्वमन्त्री बोहराले भने, 'अझै सशक्त रूपले अघि बढ्ने छु'
2021/04/21, 9:33
 
accidnet

पदमुक्त भएपछि सुदूरपश्चिमका पूर्व प्रदेश सभा सदस्य झपट बहादुर बोहराले  राजनैतिक यात्रामा अझै सशक्त रूपले अघि अघि बढ्ने बताएका छन् । एक विज्ञप्ति जारी गर्दै आफू जनप्रतिनिधि नभए पनि जनताको हक र अधिकारको लागि अझै सशक्त रूपले अघि बढ्ने बताएका हुन् ।

‘मुलुकको वर्तमान राजनैतिक अवस्थाले  गर्दा हालै म जनप्रतिनिधिको भूमिकाबाट टाढिन पुगेको छु । तर, मेरो राजनैतिक यात्रा जनताको माझ अझै बढी सशक्त ढङ्गले निरन्तर रूपमा अगाडि बढ्ने छ भन्ने अटुट प्रतिबद्धता जाएर गर्न चाहन्छु ’आज जारी गरिएको बिज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा पिछडिएको वर्ग, दलित महिला विपन्न वर्ग र समुदायको हकहितका लागि सदैव लागि रहेको बताएका हुन् । ‘जनप्रतिनिधिको भूमिकाबाट हाल टाढिन पुगे पनि जनताको सेवा र विकास गर्ने कुरामा जनताबाट कहिले पनि टाढिने छैन’ विज्ञप्तिमा भनिएको छ । निर्वतमान आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेको बोहराले तीन वर्ष सम्म जिम्मेवारी निर्वाह गर्दा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । 

3