धनगढीको कप्तानी किरणले गर्ने, किया मुख्य प्रायोजक
2021/04/23, 10:52
 
dfc

राष्ट्रिय टोलीका कप्तान किरण कुमार लिम्बुले शनिबारदेखि शुरु हुने खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा धनगढी एफसीको कप्तानी गर्ने भएका छन् ।

आइकोनिक प्लेयरको रुपमा राष्ट्रिय टोलीका कप्तान किरणलाई आबद्ध गरेको धनगढीले राष्ट्रिय टोलीका समेत कप्तान रहेका किरणलाई नै धनगढी एफसीको कप्तानको जिम्मेवारी दिएको जनाएको छ ।

गो ड्रिमर्स प्रालिको स्वामित्वमा रहेको धनगढी एफसीले राष्ट्रिय टिमका मिडफिल्डर विशाल राईलाई ‘मार्की खेलाडी’ घोषणा गरेको थियो । यस्तै धनगढीको मुख्य प्रायोजकको रुपमा किया मोटर्सको साथ मिलेको छ । जर्सीको अघिल्लो भागमा किया मोटर्सको लोगो अंकित हुनेछ ।

टोलीमा दुई बिदेशी र दुई स्थानिय खेलाडी समेत आबद्ध भएर प्रशिक्षण गरिरहेका छन् । टिमले पहिलो खेल आइतबार विराटनगरसँग खेल्दैछ ।

प्रशिक्षकमा नाइजेरियाली नागरिक तोपे फुजालाई अनुबन्ध गरिसकेका छ । त्यस्तै राष्ट्रिय टिमका पूर्व फरवार्ड एवं प्रशिक्षक युगल किशोर राईलाई धनगढी एफसीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।