महाकाली प्रादेशिक अस्पतालका १३ स्वास्थ्यकर्मीमा कोरोना
2021/04/23, 11:25
 
death

कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा कार्यरत १३ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना देखिएपछि सेवा प्रवाहमा समेत समस्या परेको छ ।

अस्पतालका अध्यक्ष कृष्णदत्त जोशी ‘बोक्सर’का अनुसार पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएको छ ।

आफूहरुले सीमित स्रोत–साधनका बीच पनि सेवा प्रवाह गरिररहेको उनले बताए ।

अत्यावश्यक भए मात्रै अस्पताल आउन अध्यक्ष जोशीको आग्रह छ ।