
सुदूरपश्चिममा थप ६३ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशाला परीक्षणमा १८३ नमूना परीक्षण गर्दा ६३ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाका २९ जना, टिकापुरका ४ जना, गोदावरीका ६ जना, घोडाघोडी नगरपालिकाकाका ८ जना, जानकी गाँउपालिकाका ४ जना, जोशीपुर र चुरे गाँउपालिकाका एक / एक जनामा कोरोना संक्रमण संक्रमण पुष्टि भएको हो ।
त्यस्तै गरि कञ्चनपुरको बेलौरी नगरपालिकाका ३ जना, पुर्नवास नगरपालिकाका ५ जना,लालझाडी गाँउपालिकाका १ जना र बैतडीको नवदुर्गा गाँउपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । हाल अस्पतालमा ३८ जना कोरोना संक्रमितको उपचार भईरहेको समेत अस्पतालले जनाएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/12/19, 11:51
2022/07/20, 12:54
2023/12/02, 11:43