
कोरोना भाईरसको महामारीको कारण गल्फका तीन ठुला प्रतियोगिता स्थगित भएको छ । अमेरिकामा आयोजना हुने द मास्टर्स, युएस पिजिए च्याम्पियनसिप र युएस ओपन गल्फ स्थगित गरिएको हो ।

अप्रिलमा हुने द मास्टर्स नोभेम्बरमा हुनेछ । यस्तै आगामी मे महिनामा तय भएको युएस पिजिए अगष्ट र जुनमा तय भएको युएस ओपन सेप्टम्बरमा हुनेछ ।

त्यस्तै १ सय ४९ औं संस्करणको ओपन च्याम्पियनसिप गल्फ भने रद्द गरिएको छ । जुलाईमा तय भएको यस प्रतियोगिता अब सन् २०२१ मा हुनेछ । ओपन च्याम्पियनसिप गल्फ सन् १९४०-४५ मा भएको दोस्रो विश्व युद्धपछि पहिलो पटक रद्द भएको हो ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/24, 5:30
2021/08/31, 10:08
2022/06/29, 3:28
2023/10/13, 10:02