कञ्चनपुरमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। महाकाली अस्पतालमा उपचाररत भिमदत्त नगरपालिका १८ का ४० बर्षीय पुरुष र भिमदत्त नगरपालिका ४ की ५० बर्षीया महिलाको सेती प्रदेशिक अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।
एक हप्ता अगाडि भारतको ईन्दौर बाट आएका पुरुषलाई गत बिहिवार अस्पताल भर्ना गरिएको थियो। उनलाई शुक्रवार कोरोना पुष्टि भई आईसियूमा राखेर उपचार गर्दा गर्दै मृत्यु भएको अस्पतालका कोभिड सम्पर्क व्यक्ति डा. गोविन्द रोकायाले जानकारी दिए । फोक्सोमा समस्या तथा अक्सिजनको मात्रा घटेको कारणले उनको मृत्यु भएको उनले बताए ।
५० बर्षीया महिलालाई भने बिहिवार उपचारको लागि सेती प्रादेशिक अस्पताल पु¥याईएको थियो। शुक्रवार उनमा कोरोना पुष्टि भएपछि उनलाई पनि आईसियुमा राखेर उपचार भईरहेको अवस्थामा फोक्सोमा समस्या आई स्वासप्रस्वासमा समस्या भएपछि मृत्यु भएको चिकित्सकले जनाएका छन् ।
यो संगै कञ्चनपुरमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ भने, प्रदेशमा मृतकको संख्या ६१ पुगेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय राजपुर डोटीले जनाएको छ।