
इंग्लिस प्रिमियर लिग (ईपीएल) को यस सिजनको बाँकी खेलमा पाँच जना सब्स्टिच्युटको नियम लागू हुने भएको छ । लिगका क्लबबीच बिहीबार राति बसेको बैठकमा यो सहमति भएको हो ।

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले कोरोना भाइरस संक्रमणको महामारीका कारण लामो समयको अन्तरमा खेल सुरु हुन लागेको हुनाले खेलाडी बढी चोटग्रस्ट नहोस् भनेर अहिलेको समयका लागि मात्र भनेर यो नियम ल्याएको हो ।
ईपीएल जुन १७ बाट फेरि सुरु हुनेछ र त्यस दिन दुई खेल राकिएको छ, म्यानचेस्टर सिटीविरुद्ध आर्सनल र सेफिल्ड युनाइटेडविरुद्ध एस्टन भिल्ला ।त्यसपछि लिगमा बाँकी रहेका नौ चरणका खेल पाँच सातामा पूरा गर्ने योजना रहेको छ ।

बिहीबारको बैठकमा लिग फेरि रोकिनु परेको स्थितिमा अंक तालिकाको निर्धारण कसरी हुने हो, त्यो निश्चित हुन सकेन ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/24, 5:30
2021/08/31, 10:08
2022/06/29, 3:28
2023/10/13, 10:02