नेपाल सुपर लिगमा धनगढी एफसी पराजित
2021/04/25, 4:31
 
dfc

पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा  धनगढी एफसीले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

विराटनगर एफसीले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा सानदार जित निकालेको छ ।

आइतबार भएको आफ्नो पहिलो खेलमा विराटनगरले धनगढी एफसीमाथि ३-० को सानदार जित निकालेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विराटनगरलाई जित दिलाउन बिक्रम धिमाल, एडिलाजा सोमिडे र सन्तोष तामाङले एक एक गोल गरे ।

बिराटनगरले पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गरेको थियो । खेलको १६ औं मिनेटमा बिक्रमले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । 

खेलको ५७ औं मिनेटमा सोमिडेले गोल गर्दै विराटनगरलाई २-० को अग्रता दिलाए । त्यसपछि खेलको ६९ औं मिनेटमा सन्तोषले गोल गर्दै विराटनगरलाई ३-० को जित दिलाए ।  जितसँगै विराटनगरले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ ।