
नेपाल सुपर लिग (एनएसएल) फुटबलअन्तर्गत आज धनगढी एफसी र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुँदै छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सो खेल साँझ ५ः३० मा सुरु हुनेछ ।
धनगढी दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा विराटनगर सिटीसँग पराजित भएको धनगढीले दोस्रो खेलमा काठमाडौं रेजर्सलाई ३–० ले पराजित गरेको थियो ।

धनगढी किरण चेम्जोङको कप्तानीमा छ । धनगढी दुई खेलबाट ३ अंक जोडेर लिग तालिकामा तेस्रो स्थानमा छ ।
ललितपुर भने पहिलो जित निकाल्ने योजनामा हुनेछ । ललितपुरले दुई खेलबाट १ अंक जोडेको छ ।
ललितपुर पहिलो खेलमा काठमाडौं रेजर्ससँग पराजित भएको थियो । ललितपुरले दोस्रो खेलमा चितवनसँग १–१ गोलको बराबरी खेलेको थियो ।
एनएसएलको पहिलो संस्करणमा सात फ्रेन्चाइजी टोलीको सहभागिता रहेको छ ।
2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/15, 1:55
2020/10/19, 8:33
2021/05/26, 6:27