कैलालीका तीन जना कोरोना संक्रमितको मृत्यु
2021/05/01, 10:59
 
corona

शनिबार कैलालीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। 

गोदावरी नगरपालिका–१ का २८ वर्षीय पुरुषको मृत्यु भएको हो।

उनको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा ज्यान गएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए। 

यसअघि शुक्रबार जिल्लाको जानकी गाउँपालिका–३ की ५९ वर्षीया महिलाको मृत्यु भइसकेको छ।  

कोरोना संक्रमण देखिएपछि टीकापुर अस्पतालमा उपचाररत उनको शुक्रबार साँझ मृत्यु भएको सूचना अधिकारी जोशीले बताए। 

यस्तै जिल्लाको लम्कीचुहा नगरपालिका–५ की ५० वर्षीया महिलाको पनि मृत्यु भएको छ। बैशाख ११ गतेदेखि सेती अस्पतालमा उपचाररत उनको शनिबार विहान १ बजेको समयमा मृत्यु भएको सूचना अधिकारी जोशीले बताए।