बझाङमा ट्रयाक्टर दुर्घटना हुँदा कैलालीका एक जनाको मृत्यु
2021/05/05, 8:51
 
ac

बझाङमा ट्रयाक्टर दुर्घटनामा परी कैलालीका एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा केलालीको चुरे गाउँपालिका वडा नम्बर ६ का १८ वर्षीय पुरन साउँद रहेका छन्।

से २ त २५९६ नम्बरको ट्रयाक्टरले ढुङ्गा लोड गरेर लैजाँदै गर्दा सडकबाट अनियन्त्रित भइ बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर १० खेइरामा ट्रयाक्टर दुर्घटना भएको बझाङ प्रहरीले बताएको छ।

बझाङ प्रहरी प्रमुख तथा प्रहरी नायव उपरीक्षक रुपक खड्काका अनुसार बुधबार दिउँसो २ बजे ट्याक्टर दुर्घटना भएको हो।

ट्याक्टर चालक फरार रहेका छन् भने सहचालक साउँदको घटनास्थलमै ज्यान गएको उनले बताए।

दुर्घटनामा परेको ट्रयाक्टर चैनपुर–कुचा सडकखण्ड निर्माणमा खटिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।