सुदूरपश्चिमका दुई क्रिकेटरः जसले राष्ट्रिय टोलीमा परेर डेब्यु गर्न पाएनन् 
2021/05/09, 12:02
 
cricket

कुनै पनि खेलाडीको सर्वाधिक ठूलो सपना राष्ट्रिय टोलीबाट खेल्ने हुन्छ । राष्ट्रिय टोलीको जर्सीमा खेल्ने सपना कसैको चाँडै पूरा हुन्छ भने केहिले लामो समय पर्खनुपर्छ । कसैको सपनामा मात्र सिमित हुन्छ ।

सामान्यतया उमेर समूह हुँदै घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेपछि कुनैपनि खेलाडीको राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा बोलाईन्छ । बन्द प्रशिक्षण पछि अन्तिम टोली घोषणा गर्ने गरिन्छ । अन्तिम टोलीमा पर्ने खेलाडीलाई राष्ट्रिय टोलीबाट खेल्ने आशा र सम्भावना हुन्छ । अन्तिम टोलीमा परेपनि डेब्यू गर्छ भन्ने हुँदैन ।

टोलीमा त्यो भूमिकामा प्रतिस्पर्धा कतिको छ र अन्य खेलाडी कस्तो छ त्यसमा निर्भर रहन्छ । आन्तरिक प्रतिस्पर्धा, टोलीको रणनीति, सन्तुलन, आवश्यक लगायत विभिन्न कुरालाई ध्यानमा राखेर प्लेइङ ११ निर्धारण गर्ने गरिन्छ । राष्ट्रिय क्रिकेट टोलीको अन्तिम सदस्य टोलीमा परेपनि सुदूरपश्चिमका दुई खेलाडीले डेब्यू गर्न पाएनन् । राष्ट्रिय टोलीमा परेर अहिलेसम्म ७ नेपाली क्रिकेट खेलाडीले डेब्यु गर्न पाएका छैनन् । जसमा सुदूरपश्चिम प्रदेशका दुई जना क्रिकेटर रहेका छन् । 

विक्रम सोब– विश्व क्रिकेट लिग च्याम्पियनशिप २०१५–१७
तीव्र गतिका बलर विक्रम सोब नेपालको टोलीमा दुइ पटक परेपनि खेल्न पाएनन् । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनशिप २०१५–१७ अन्तर्गत २०१६ मा उनी नेदरल्यान्ड्स भ्रमण गरेका थिए । नेपालले तीव्र गतिका बलरमा सोमपाल कामी र करण केसीलाई पहिलो खेलमा खेलाएको थियो ।

2

दोस्रो खेलमा सोमपाल कामीलाई तीव्र गतिका बलरको रुपमा खेलाउँदा अन्य स्पिनर मैदान उतारेको थियो । २०१७ मा विक्रम यूएई भ्रमणमा गएका थिए । त्यसअघि नेपालले युएईमा अमेरिकासँग अभ्यास खेल पनि खेलेको थियो ।

अमेरिकासँगको अभ्यास खेलमा कुशल भुर्तेल वैकल्पिक खेलाडीलाई खेलाएको नेपालले विक्रमलाई भने मौका दिएन । यूएईसँगको दुबै खेलमा ललितसिंह भण्डारी र सोमपाल कामी पहिलो रोजाईमा खेल्दा विक्रमले मौका पाएनन् ।

विक्रम पछिल्लो समय राम्रो लयमा छन् । गत माघमा त्रिभुवन आर्मी क्लबलाई प्रधानमन्त्री कप उपाधि दिलाउन विक्रम सोबले उत्कृष्ट प्रदर्शन गरेका थिए । पछिल्लो समय बन्द प्रशिक्षणमा पर्दै आएका विक्रम अन्तिम टोलीमा भने स्थान बनाउन सकेका छैनन् ।

भीम सार्कीः यूएई ओडिआई र टि–२० सिरिज– २०१९
युवा ब्याट्सम्यान भीम सार्की घरेलु क्रिकेटमा उत्कृष्ट फिल्डिरको रुपमा परिचित छन् । भीमलाई नेपाली जोन्टी रोड्स पनि भन्ने गर्दछन् । त्रिभुवन आर्मी क्लबबाट घरेलु क्रिकेट खेल्ने भीमले यू–१९ मा राम्रो प्रभाव छाडेपछि २०१९ मा यूएईसँग तीन ओडिआई र तीन टि–२० आई सिरिजको लागि नेपाली टोलीमा परेका थिए ।

नेपालले चार अनक्याप्ड खेलाडी समेट्दै पारसको कप्तानीमा यूएई भ्रमण गरेको थियो । मधयक्रमा ब्याटिङ गर्ने उनले स्पिन पार्टटाइम बलिङ गर्ने गर्दछन् । तीव्र गतिका बलर अभिनाश बोहरा, युवा ब्याट्सम्यान सन्दीप जोरा र अलराउन्डर पवन सरार्फले सो सिरिजमा नेपालका लागि डेब्यू गरे ।

1

तर भीम ओडिआई र टि–२० दुबै सिरिजमा बेन्चमा बसेर फर्किन पुगे । त्यसपछि उनी सियिनर टोलीमा पर्न सकेका छैनन् । नेपाली फ्रेन्चाइज लिग र घरेलु क्रिकेटमा लगातार देखिने भीम पूनरागमन सहित डेब्यूको लागि संघर्षरत छन् ।