कोरोना महामारीको विकराल अवस्था रहेका वेला धनगढीका निजि अस्पतालहरुले पनि कोरोना संक्रमितको उपचार गरिरहेका छन् । उपलब्ध जनशक्ती र स्रोत साधनलाई व्यवस्थापन गर्दै निजि अस्पतालले आफ्नो सेवालाई निरन्तर अगाडी बढाईरहेका हुन् ।
धनगढीको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले पनि कोरोना महामारीको वेलामा कोरोना संक्रमित तथा अन्य विरामीहरुलाई निरन्तर रुपमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । हस्पिटलका अध्यक्ष तिर्थ राज पन्त लकडाउन सुरु भएयता रातिको १२ बजेसम्म अस्पतालमै भेटिने गरेका छन् । विरामीहरुका साथै कोरोना संक्रमितको उपचारलाई थप प्रभावकारी बनाउन उनी र उनको टिम दिनरात खटिरहेका छन् । निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले कोरोना महामारीको बीचमा कसरी काम गरिरहेको छ भन्ने विषयमा हस्पिटलका अध्यक्ष तिर्थराज पन्तसँग कुराकानी गरेका छौं ।
(क) अहिले अस्पतालले कसरी सेवा दिईरहेको छ ?
हामीले अस्पताल स्थापना भएदेखि नै विरामीहरुको सेवालाई पहिलो प्राथमिकता दिदै आएका छौं । निजि अस्पतालहरुले ५ वेडको कोरोना वार्ड चलाउने भनेर सम्झौता गरिएको छ । तर हामीले त्योभन्दा बढी वार्ड सञ्चालन गरेका छौं । अहिले पनि हाम्रो हस्पिटलमा पच्चीस देखी तिस जनाभन्दा बढी कोरोना संक्रमितहरु उपचार गराईरहेका छन् । केही भने उपचारपछि निको भएर घर फर्कीसकेका छन ।
(ख) कोरोना संक्रमितहरुको व्यवस्थापन कसरी गर्नुभएको छ ?
हामीले निषेधाज्ञा भएपछि छु्ट्टै ५ वेडको कोरोना वार्ड सञ्चालन सुरु गरेका थियौ । तर कोरोना वार्ड सञ्चालन भएको खबर पाउने बित्तिक्कै ती वार्डहरु भरिए । त्यसपछि हामीले कोरोना वार्डकै उत्तर पट्टीको घरमा १२ देखी १४ बेडको र सोही घरमा ४ वटा क्याबिन पनि सञ्चालन गरेर सेवा दिईरहेका छौं । हामी हाम्रो हस्पिटलमा पुगेका जो कोही विरामीलाई पनि फिर्ता गराउन नपरोस भनेर दिन रात लागिरहेका छौं ।
(ग) कोरोना संक्रमितको उपचार कसरी भईरहेको छ त ?
त्यसका लागि हामीले छुट्टै युनिट नै खडा गरेका छौं । कोरोनाका विरामीहरुको उपचार गर्नका लागि कोभिड ईमरजेन्सी युनिट बनाएका छौं भने अन्य विरामीहरुका लागि नन कोभिड ईमरजेन्सी बनाएर स्वास्थ्य उपचार गरिरहेका छौं । ती दुबै युनिटले आफ्नो जिम्मेवारी अनुसारको काम गरिरहेका छन् । त्यसका साथै हामी अस्पतालका पदाधिकारी तथा सञ्चालकहरु पनि तयारी अवस्थामा नै हुन्छौं । म लगायत हाम्रो टीमले पछिल्ला दिनहरुमा रातिको १२ बजेसम्म खटिएर काम गरिरहेका छौं ।
(घ) कोरोनाका विरामीहरुले अक्सिजन नपाउने अवस्था छ, त्यसलाई कसरी मिलाउनु भएको छ ?
हामीले दैनिक रुपमा ४० देखि ४५ सिलिण्डर अक्सिजनको जोहो गर्न सकेका छौं । हामीलाई यहाँको सप्लायर्सले पुगाउ सकीरहेको छैन । अक्सिजन नपाएर विरामीहरुलाई गाहृो अप्ठेरो नहोस भनेर नेपालगंजबाट अक्सिजन सिलिण्डर मगाएर सेवा गरेका छौं । नेपालगंजमा पनि पाउन गाहृोे छ । हामीले अनुरोध गरेर हार गुहार गरेर जो हो गरिरहेका छौं । तर जति चाहिने हो त्यति त पाउन सकेका छौंनौ । हामीले गरेका प्रयासले धेरै विरामीहरुले अक्सिजन पाएका छन् । ज्यान जोगाएका छन् । महामारीको यो समयमा हामीले अक्सिजनको जति व्यवस्था गर्न सकेका छौं यसलाई हामीले सामाजिक उत्तरदायित्व मानेर नै गरिरहेका छौं ।
(ङ) यो बेलामा सरकार तथा अन्य निकायहरुले के गर्नुपर्छ, तपाईको सुझाव के छ ?
अहिलेको वर्तमा परिस्थतिमा अक्सिजन नै सबैभन्दा ठुलो कुरा हो । यसलाई माग अनुसारको आपुर्ति गर्नतिर ध्यान दिनुपर्छ जस्तो लाग्छ मलाई । बिरामीहरुको चाप दिन प्रतिदीन बढ्दो छ । यस्तो अबस्थामा पनि भर्ना गरिसकेका बिरामीहरुलाई अक्सीजन छैन भनेका छैनौ । हाम्रो सामर्थेले भ्यायसम्म बिरामीको उपचारमा लागेकै छौ । र आगामी दीनमा पनि लागिनै रहने छौ । तर सहज रुपमा अक्सिजन आपुर्ति हुन सक्यो भने हामी निजि अस्पतालहरुले पनि कोरोनाका विरामीहरुको उपचार गर्न सक्थ्यौ । अर्कोतिर जुन सरकारी स्वास्थ्य संस्थामा निकै भिड छ उपचार नपाउने अवस्था छ । त्यसको पनि अन्त्य हुन्थ्यो । त्यही भएर यसतर्फ सरकारहरुको ध्यान जानुपर्ने लाग्छ ।