धनगढी नेपाल सुपर लिगको फाइनल पुग्न काठमाडौँसँग भिड्दै
2021/05/11, 10:04
 
dd

फ्रेन्चाइज आधारमा नेपालमा पहिलो पटक सन्चालन भएको फुटबल प्रतियोगिता नेपाल सुपर लिग-एनएसएलको फाइनल पुग्न मंगबार काठमाडौँ रेजर्स र धनगढी एफसी भिड्दैछन्।

यो खेल दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुने छ। लिग चरणमा ६ खेलबाट १३ अंक जोड्दै काठमाडौँ पहिलो र १० अंक जोड्दै धनगढी दोस्रो भएको थियो।

अन्तिम खेलमा धनगढीले बुटवल लुम्बिनी एफसीसँग हार ब्यहोरेको थियो। यता काठमाडौँले भने चितवन एफसीलाई हराएको थियो।

यो खेलमा पराजित हुने टोलीले फाइनल पुग्न पुन एक पटक खेल्न पाउने छ। त्यसका लागि तेस्रो र चौथो स्थानका टोलीबीच हुने खेलको विजेतालाई हराउनुपर्ने छ। तेस्रो स्थानमा ललितपुर सिटी एफसी र चौथो स्थानमा बुटवल रहेको छ।