
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ४३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७४७ नमूना परीक्षण गर्दा ४३५ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । संक्रमितमध्ये कैलालीको धनगढीका मात्रै १३८ जना रहेका छन् । यस्तै धनगढीबाहेक कैलालीका २७८ जना र अन्य जिल्लाका १९ जनामा संक्रमण पुस्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

हाल अस्पतालमा १०९ जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए। जसमध्ये १ जना भेन्टिलेटरमा, १५ जना आइसियूमा, ८९ जना अक्सिजन सपोर्टमा उपचाररत छन् । पछिल्लो २४ घण्टामा सेती अस्पतालबाट एक जना निको भई घर फर्किएका र थप ४ जना अस्पताल भर्ना भएका सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । यस्तै पछिल्लो २४ घण्टामा सेती अस्पतालमा थप ३ जना कोरोना संक्रमितको ज्यान गएको छ। त्यस्तै हाल अस्पतालको इमर्जेन्सी वार्डमा २० पुरुष र ६ महिला गरी २६ जना उपचाररत छन् ।
