एमाले सुदूरपश्चिमकाे प्रदेश कमिटीले पायो पुर्णता, यी हुन् इञ्चार्ज र सह- इञ्चार्ज (सूची सहित)
2021/12/17, 1:58
 
ss

नेकपा एमालेले नेताहरुको कार्यविभाजन गरेको छ। १० औं राष्ट्रिय सम्मेलनबाट नयाँ कार्यसमिति चुनिएपछि कार्यविभाजन गरिएको हो। एमालेले अन्तरपार्टी निर्देशन जारी गर्दै विभिन्न विभागका प्रमुखका साथै प्रदेश र जिल्ला इञ्चार्जहरु पनि तोकेको छ। सुदूरपश्चिम इञ्चार्जमा सचिव लेखराज भट्टले जिम्मेवारी पाएका छन्। यस्तै लिलाकुमारी भण्डारी, कर्णबहादुर थापा, राजेन्द्रसिंह रावल र गणेशसिंह ठगुन्नालाई प्रदेशमा सहइञ्चार्जको जिम्मेवारी दिइएको छ। ठगुन्नालाई दार्चुला जिल्ला इञ्चार्ज पनि तोकिएको छ। 

यस्तै डोटी जिल्ला इञ्चार्जमा गौरीकुमारी ओली, कञ्चनपुरमा निरुदेवी पाल, अछाममा झपटबहादुर बोहरा, डडेल्धुरा इञ्चार्जमा पठानसिंह बोहरा, बैतडीमा पुरनसिंह दयाल, बझाङमा भैरवबहादुर सिंह, बाजुरामा लालबहादुर थापा र कैलालीमा नारदमुनी रानाले इञ्चार्जको जिम्मेवारी पाएका छन्। 

यस्तै बझाङ जिल्लाको सहइञ्चार्जमा अफिलाल ओखडा, ऐनबहादुर महर र आशाकुमारी विक, कञ्चनपुर जिल्लाको सहइञ्चार्जमा इन्दु कडरिया, कृपाराम राना, नरबहादुर धामी र कमला बोहराले जिम्मेवारी पाएका छन्।  यस्तै कैलाली जिल्लाको सहइञ्चार्जमा कमलाकुमारी ओली, सन्तोष शर्मा र गौरीशंकर चौधरी, बाजुरा जिल्लाको सहइञ्चार्जमा दयालबहादुर शाही, सहदेव बोगटी, प्रकाशबहादुर शाह, अछाम सहइञ्चार्जमा यज्ञ बोगटी र बैतडी सहइञ्चार्जमा लिलाधर भट्टले जिम्मेवारी पाएका छन्। 

यस्तै एमाले सुदूरपश्चिमको अध्यक्षमा दामोदर भण्डारी, उपाध्यक्षमा कमल तिमल्सिना, सचवमा धर्मराज पाठक, उपसचिवमा बलदेव रेग्मी र भागरथी विष्ट चयन भएका छन्।