धनगढीका व्यवसायी खनालद्धारा अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि ११ हजार सहयोग
2021/05/17, 2:28
 
ss


धनगढीका व्यवसायी तथा सुप मिडिया हाउसका अध्यक्ष पुर्णप्रसाद खनालले रोटरी क्लब धनगढीले चलाएको अक्सिजन कन्सन्ट्रेटर खरिद अभियानमा आर्थिक सहयोग गरेका छन् । खनाले अक्सिजन खरिद अभियानका लागि ११ हजार एक सय रुपैया रोटरी क्लब अफ धनगढी को १०० थान अक्सिजन कन्सन्ट्रेटर खदिर अभियान लाई सहयोग गरेका हुन् ।
पहिलो चरणको कोरोनाको प्रकोपका समयमा पनि खनालले दैनिक ज्याला मजदुरी गरी खाने वर्गलाई खाद्यान्न सहयोग गरेका थिए । 

कोरोनाका गम्भीर प्रकृतिका बिरामीको जीवन रक्षाका लागि प्रति घण्टा १० लिटर अक्सिजन प्रदान गर्ने १ सय थान अक्सिजन कन्सन्ट्रेटर खदिर गरी अस्पतालहरुलाई वितरण गर्ने क्लबले निर्णय गरेको छ । सोही अभियानका लागि क्लबलाई १ करोड ३० लाख रकम आवश्यक परेको हुँदा सबैलाई सहयोग गर्न अध्यक्ष तोयराज भट्टले आग्रह गरेका छन् ।
क्लबले सहयोग रकम रोटरी क्लब अफ धनगढीको एभरेष्ट बैंक लिमिटेड धनगढी शाखामा रहेको खाता नम्बर ०११००५०१२२५२३९ मा जम्मा गर्न आग्रह गरेको छ । सम्पर्कका लागि ९८५८४२०२२४, ९८४१६३३०००, ९८५८४२०१६३ र ८५८४२२४२७ मा फोन गर्न सकिनेछ ।