धनगढीमा अक्सिजन प्लान्ट स्थापना गर्न व्यवसायी चौधरीले गरे ५१ हजार सहयोग
2021/05/18, 2:44
 
cc

धनगढीमा अक्सिजन प्लान्ट स्थापना गर्न निर्माण व्यवसायी छेदुलाल चौधरीले आर्थिक सहयोग गरेका छन् । मेयर कल्याणकारी कोषमा उनले ५१ हजार रकम जम्मा गरेका हुन । धनगढी उपमहानगरपालिका र चौधरी ग्रुपले धनगढीमा अक्सिजन प्लान्ट जडान र अक्सिजन सिलिण्डर व्यवस्थापनका लागि अभियान सुरु गरेका थिए । विभिन्न व्यक्ति र संस्थाले अभियानमा सहयोग गरेका छन् ।