सामाजिक अभियन्ता अर्जुन रावलको समन्वयमा कोरोना सङ्क्रमितलाई सहयोग
2021/05/27, 2:49
 
Arjun rawsol

धनगढी, 

सामाजिक अभियन्ता अर्जुन रावलको समन्वयमा कैलालीको लम्की चुहा नगरपालिकाका कोरोना सङ्क्रमितलाई सहयोग गरिएको छ । सामाजिक अभियन्ता अर्जुन रावलको समन्वयमा लम्की चुहा नगरपालिका वडा नम्बर ६ र वडा नम्बर १० का युवाहरूले आर्थिक सहयोग सङ्कलन गरी खाद्यान्न तथा अक्सिजनका लागि आर्थिक सहयोग गरिएको हो । 

अभियान अन्तरगत लम्की चुहा अस्पतालमा २५ थान अक्सिजनका लागि २० हजार र अस्पताल नजिकै रहेको आइसोलेसनमा रहेका सङ्क्रमितका लागि १ पेटी अनार, १ पेटी स्याउ, १ क्यारेट अण्डा सहयोग गरिएको अर्जुन रावलले बताए । त्यसतै लम्की चुहा ६ निवासी होम आइसोलेसनमै अक्सिजन सपोर्टमा उपचार गराइरहेकी मनसरा देवी रावललाई १० हजार सहयोग गरिएको छ । 

रावलले आफ्नो विगतको अभियानको निरन्तरतालाई थप मजबुत बनाउन खोजेको भन्दै भने, ‘यो समयमा मेरो आफ्नो सहयोग मात्रै नरही समन्वयकारी भूमिका पनि रहेको छ । हामी सङ बाकी रहेको र उठ्न बाकी अरू सहयोगलाई यस्तै सामाजिक काममा प्रयोग गर्नेछौँ ।’ 

Arjun Rawol उनको यो अभियानमा रमेश आचार्य, हेमराज खड्का एकेन्द्र खड्का, गौतम खड्का, राजु खड्का, हिमाल खड्का, बलराम खड्का, देवेन्द्र कुँवर, दीर्घ विक, अनिल खड्का, तपेन्द्र थापा, हिमाल खड्का, भुवन कुँवर, अर्जुन रावल, धिरेन्द्र खड्का, भवान सिं कुँवर, रवीन्द्र खड्का, कर्म आचार्य र कर्ण आचार्यले साढे ४२ हजार भन्दा बढी सहयोग गरेको छन् । 

दृष्टि विहीन युवा सङ्घका प्रदेश अध्यक्ष समेत रहेका अभियन्ता रावलले यस अघि पनि विभिन्न विकास निर्माणका काममा भएका ढिलासुस्ती विरुद्ध खबरदारी अभियान चलाउनुका साथै विपन्न तथा असहायका लागि सहयोग जुटाउन परोपकारी अभियान सञ्चालन गरिसकेका छन् ।