सुदूरपश्चिमका तीन मन्त्री एमालेको साधारण सदस्यबाटै निष्कासित
2021/05/28, 9:01
 
Xmantree

धनगढी : नेकपा एमालेले पार्टीको निर्णय उल्लंघन गरेको भन्दै सुदूरपश्चिम प्रदेश सरकारका तीन मन्त्रीलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ ।

निष्कासित हुनेमा संसदीय दलका नेता समेत रहेका प्रकाश शाह, कृष्ण सुवेदी र माया भट्ट छन् । सुवेदी र भट्टले भने माधव नेपाल समूहको विवाद मिलाउन आज राजीनामा दिएका थिए । 

स्थायी कमिटी बैठकले दिएको निर्देशन अटेर गरेको र प्रदेश कमिटीले सोधेको स्पष्टीकरण समेत चित्तबुझ्दो नदिएको भन्दै   निष्कासन गरिएको एमाले प्रदेश सचिव राजेन्द्र रावलले जानकारी दिए ।