सुदूरपश्चिम प्रदेशमा ९९ प्रतिशत धान रोपाई, कुन जिल्लामा कति ?
2021/08/15, 2:20
 
dd

सुदुरपश्चिम प्रदेशमा ९९ प्रतिशत धान रोपाई सकिएको छ । साउन २८ गतेसम्म भएको रोपाइँका आधारमा प्रदेशका ९ जिल्लामा ९९ प्रतिशत धान रोपाई सकिएको सुदुरपश्चिम कृषि निर्देशनालयले जनाएको छ । 

सुदुरपश्चिम प्रदेशका कुन जिल्लामा कति रोपाई ?
सुदुरपश्चिम प्रदेशका नौ जिल्लामध्ये कैलाली र कञ्चनपुरमा शत प्रतिशत धान रोपाइँ सम्पन्न भएकोे छ । त्यसैगरी दार्चुलामा ९८ प्रतिशत, बझाङमा ९९ प्रतिशत, बाजुरामा ९५ प्रतिशत, डडेल्धुरामा ९८ प्रतिशत, डोटीमा ९७ प्रतिशत बैतडीमा ९५ प्रतिशत र अछाममा ९७ प्रतिशत रोपाई सकिएको छ ।

कुन प्रदेशमा कति रोपाइँ ?
साउन अन्तिम साता देशभर ९७.८९ प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि विभागले जनाएको छ । साउन २८ गतेसम्म भएको रोपाइँका आधारमा यो गत वर्षको तुलनामा चार हजार हेक्टर क्षेत्रफलमा कमि भएको विभागका सूचना अधिकारी डाक्टर महादेवप्रसाद पौडेलले जानकारी दिए ।  

प्रदेश नम्बर १ मा ९६.८६ प्रतिशत रोपाइँ भएको विभागले जनाएको छ । प्रदेश १ मा दुई लाख ७५ हजार ९०१ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको विभागको तथ्याङ्क छ । जसमध्ये दुई लाख ६७ हजार १४९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । यही अवधिमा गत वर्ष ९५.८८ प्रतिशत रोपाइँ भएको थियो ।

प्रदेश २ मा ९६.८० प्रतिशत रोपाइँ भएको छ । त्यहाँ ३ लाख ६५ हजार ६ सय १५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुनेगरेको छ । यस वर्ष लगभग तीन लाख ५३ हजार ९०२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भइसकेको छ । गत वर्ष यही अवधिमा ९९.०२ प्रतिशत रोपाइँ भएको थियो । यस वर्ष गत वर्षको तुलनामा केही कमि आएको देखिन्छ ।

बागमती प्रदेशमा ९८.०८ प्रतिशत धान रोपाइँ सकिएको विभागको तथ्याङ्क छ । बागमती प्रदेशमा एक लाख १५ हजार २ सय ९५ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा यो वर्ष एक लाख १३ हजार ८२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको विभागले जनाएको छ । त्यस्तै बागमती प्रदेशमा गत वर्ष ९७.८५ प्रतिशत रोपाइँ भएको थियो ।

गण्डकी प्रदेशमा ९८.६४ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । एक लाख ८२ हजार ७८ हेक्टर क्षेत्रफल धान खेती हुने गरेकोमा यो वर्ष गण्डकी प्रदेशमा एक लाख ६८ हजार १० हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ । गत वर्ष गण्डकी प्रदेशमा ९७.६८ प्रतिशत मात्र धान रोपाइँ भएको थियो ।

लुम्बिनी प्रदेशमा ९८.९५ प्रतिशत रोपाइँ सम्पन्न भएको विभागको तथ्याङ्कमा उल्लेख छ । तीन लाख ३५ हजार ९३ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा यो वर्षमा तीन लाख ३९२.०२०६ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ । यहि समयमा गत वर्ष लुम्बिनी प्रदेशमा ९८.६६ प्रतिशत रोपाइँ भएको थियो ।

कर्णाली प्रदेशमा सतप्रतिशत नै रोपाइँ सम्पन्न भएको विभागले जनाएको छ । तीन लाख ८३ हजार ८५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेकोमा तीन लाख ८३ हजार ८५ हेक्टर क्षेत्रफलमै रोपाइँ सकिएको विभागको भनाई छ । गत वर्ष यही समयमा कर्णाली प्रदेशमा ९८.५३ प्रतिशत रोपाइँ भएको थियो ।

देशभरका कुन जिल्लामा कति रोपाई ?
ताप्लेजुङ्गमा ९९.५० प्रतिशत, संखुवासभामा ९८ प्रतिशत, सोलुखुम्बुमा १०० प्रतिशत, पाँचथरमा ९४ प्रतिशत, इलाममा ९१ प्रतिशत, भोजपुरमा ९० प्रतिशत, तेह्रथुममा ९१ प्रतिशत, धनकुटामा, ८८ प्रतिशत, उदयपुरमा ९७ प्रतिशत, ओखलढुङ्गामा, १०० प्रतिशत, खोटाङमा १०० प्रतिशत, झापामा ९८ प्रतिशत, मोरङमा ९८ प्रतिशत र सुनसरीमा ९८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि विभागले जनाएको छ ।

त्यस्तै धनुषामा ९५ प्रतिशत, महोत्तरीमा ९८ प्रतिशत, सर्लाहीमा ९८ प्रतिशत, पर्सामा ९९ प्रतिशत, बारामा ९५ प्रतिशत, रौतहटमा ९२ प्रतिशत, सप्तरीमा ९८ प्रतिशत, सिराहामा ९९ प्रतिशत, दोलखामा ९९ प्रतिशत, रसुवामा ९९ प्रतिशत, सिन्धुपाल्चोकमा ९६ प्रतिशत, रामेछापमा ९८ प्रतिशत, सिन्धुलीमा ९८ प्रतिशत, धादिङमा ९८ प्रतिशत, नुवाकोटमा ९८ प्रतिशत, काभ्रेपलाञ्चोकमा ९८ प्रतिशत, काठमाडौंमा ९९ प्रतिशत, भक्तपुरमा ९९ प्रतिशत, ललितपुरमा ९९ प्रतिशत, मकवानपुरमा ९९ प्रतिशत र चितवनमा ९८ प्रतिशत रोपाइँ भइसकेको छ ।

मनाङ र मुस्ताङमा ० प्रतिशत, पर्वतमा १०० प्रतिशत, कास्कीमा ९८ प्रतिशत, गोरखामा ९६ प्रतिशत, म्याग्दीमा १०० प्रतिशत, स्याङ्जामा ९८ प्रतिशत, बाग्लुङमा १०० प्रतिशत, तनहुँमा ९६.७ प्रतिशत, लमजुङमा १०० प्रतिशत, नवलपुरमा १०० प्रतिशत, अर्घाखाँचीमा १०० प्रतिशत, गुल्मीमा ९६ प्रतिशत, रोल्पामा १०० प्रतिशत, रुकुम पूर्वमा ९८ प्रतिशत, पाल्पामा ९६.४१ प्रतिशत, प्यूठानमा ९६.५ प्रतिशत, नवलपरासीमा १०० प्रतिशत, कपिलवस्तुमा ९९ प्रतिशत, रुपन्देहीमा १०० प्रतिशत, बाँकेमा १०० प्रतिशत, बर्दियामा ९८ प्रतिशत र दाङमा ९८ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि विभागले जनाएको छ ।

यसैगरी जुम्लामा १०० प्रतिशत, कालीकोटमा १०० प्रतिशत, मुगुमा १०० प्रतिशत, डोल्पामा १०० प्रतिशत, हुम्लामा १०० प्रतिशत, सुर्खेतमा १०० प्रतिशत, दैलेखमा १०० प्रतिशत, रुकुम पश्चिममा १०० प्रतिशत, जाजरकोटमा १०० प्रतिशत, सल्यानमा १०० प्रतिशत, दार्चुलामा ९८ प्रतिशत, बझाङमा ९९ प्रतिशत, बाजुरामा ९५ प्रतिशत, डडेल्धुरामा ९८ प्रतिशत, डोटीमा ९७ प्रतिशत, बैतडीमा ९५ प्रतिशत, अछाममा ९७ प्रतिशत, कैलालीमा १०० प्रतिशत र कञ्चनपुरमा १०० प्रतिशत धान रोपाइँ सम्पन्न भएको विभागले जनाएको छ ।