
बाजुरा जिल्लाको पुर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिका–१ पिलुचौरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही गाउँपालिका–१ पिलचौर बस्ने अन्दाजी ५० वर्षीय पुर्णबहादुर विष्ट रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक धनदेव साउँदले जानकारी दिए ।

उनले दिएको जानकारी अनुसार पिलुचौरमा रहेको बड्डीगाड जलविद्युतको पावर हाउसमा मेसिनको जम्पर बदल्ने क्रममा करेन्ट लागेर मृत्यु भएको बताए । करेन्ट लागेर बेहोस् भएका विष्टलाई उपचारका क्रममा लैजादा बीच बाटोमा मृत्यु भएको प्रहरी निरिक्षक साउँदको भनाई छ ।
मृतक विष्टको पिलुचौरमा रहेको बाजुरा सामुदायिक अस्पतालमा पोष्टमार्टम गरी आफन्त कान्छा भाई नरेन्द्र विष्टले शव बुझेको बताए । उनको हिन्दु परम्परा अनुसार आइतबार दाहसंस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/06, 5:06
2021/01/05, 5:41
2021/08/09, 2:34
2022/05/18, 11:32