
बाजुराको बडिमालिकाको दर्शनका लागि धनगढीबाट साइकलमा निस्किएको टोलीले सफलतापूर्वक यात्रा पूरा गरेको छ । समुन्द्र सतहबाट ४ हजार २ सय मिटरको उचाईमा रहेको सुदूरपश्चिमकै महत्वपूर्ण शक्तिपीठ बडिमालिकाको साइकल यात्रा गरिएको यो पहिलो पटक हो ।

साईकल यात्री भरतविक्रम शाहको नेतृत्वमा ११ सदस्यीय टोलीले बडिमालिकाको यात्रा सफलतापूर्वक पार गरेको हो । ८० देखि ९० डिग्रीको उकालोमा साइकल यात्रा गर्नु अत्यन्त जोखिम र रोमाञ्चकारी भएपनि सफलतापूर्वक यात्रा पूरा गरेर साइकलमा बडिमालिका यात्रा गर्न सकिने सन्देश दिएको साइकल यात्री शाहले बताए ।

आन्तरिक र बाह्य पर्यटकहरूलाई बडिमालिकामा आकर्षण गर्न साईकल यात्राले उत्प्रेरित गर्ने बताउदै शाहले धार्मिक र एडभेञ्चर पर्यटनका लागि बडिमालिका सुदूरपश्चिमकै उत्कृष्ट गन्तव्य भएको बताए ।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/05/02, 1:46
2023/01/08, 4:47
2024/11/26, 2:07