
नेकपा एमालेका उपाध्यक्ष भीम रावललाई अर्को झट्का लागेको छ । रावलले आफ्नै गृहनगरमा पनि जनप्रतिनिधिको साथ गुमाएका छन् ।

उनको गृहनगर अछामको साँफेबगर नगरपालिकाका मेयर कुलबहादुर कुँवर र उपमेयर बिर्मलादेवी बुढ्थापाले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन् ।
सनाखत गरेपछि कुँवरले एमाले अध्यक्ष केपी ओलीको प्रतिगमन विरुद्ध नयाँ पार्टी रोजेको बताए । मेयर कुँवर नेकपा एमालेका सुदूरपश्चिम् प्रदेश कमिटी सदस्य समेत थिए ।

नगर प्रमुख कुवँर र उपप्रमुख बुढथापासंगै मेल्लेख र चौरपाटी गाँउपालिकाका अध्यक्ष हर्क बहादुर साउदले नेकपा एकिकृत सामाजवादीमा रहेको भन्दै जिल्ला निर्वाचन कार्यालय अछाम पुगेर सनाखत गरेका थिए ।
2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/03/09, 12:11
2022/08/31, 4:02
2024/01/07, 12:43
2020/08/04, 7:02