चाडपर्व नजिकिएसँगै कञ्चनपुरको दोधारा चांदनीमा नक्कली नोट बजारमा
2021/09/09, 3:19
 
aa

चाडपर्व नजिकिए सँगै कञ्चनपुरको सीमावर्ती नगरपालिका दोधाराचांदनीमा नक्कली नोट देखिन थालेका छन् । दोधारा चाँदनी नगरपालिकाको पेट्रोल पम्प, बजार तथा वित्तीय संस्थाहरूमा नक्कली नोट फेला पर्न थालेका छन् ।

केही दिन अघि मात्रै दोधारा चाँदनी नगरपालिकाको एक पेट्रोल पम्पमा भारतीय रु. ५ सयको नक्कली नक्कली फेला परेको थियो भने एक वित्तीय संस्था अन्तर्गत गठित समूहमा रु. एक हजारको नेपाली रुपियाँ देखा परेको हो । झट्ट हेर्दा थाह नहुने नक्कली नोटहरू दोधारा चाँदनीको विभिन्न क्षेत्रमा फेला पर्न थालेको छ ।

दोधारा चाँदनीमा रहेका पसलमा समेत नक्कली नोट फेला परेको बताइएको छ । ‘हेर्दा कुनै फरक छैन । राम्रो सँग हेरे मात्र केही छुट्ट्याउन सकिन्छ ।’ एक स्थानीयले भने, ‘नक्कली नोट फेला पर्न थालेपछि त्रास बढेको छ ।  ती नक्कली नोटहरू कहाँ बाट आए भन्ने बारे कसै सँग पनि कुनै जानकारी नभएको प्रहरीले बताएको छ ।

इलाका प्रहरी कार्यालय दोधाराका इन्चार्ज भारत राज गिरिले नक्कली नोट भेटीए वा कुनै व्यक्तिमा शङ्का भए तत्काल प्रहरीमा खबर गर्न व्यवसायी र सर्वसाधारणहरूलाई अनुरोध गर्नु भएको छ ।