बैतडीमा पनि नेपाली काँग्रेसको अधिवेशन सम्पन्न
2021/09/26, 9:47
 
dd

बैतडीमा पनि नेपाली काँग्रेसको अधिवेशन सम्पन्न भएको छ । शनिबार भएको पालिका अधिवेशनबाट सुर्नया गाउँपालिकामा प्रतापसिंह महराको नेतृत्वमा सर्वसम्मत समिति चयन भएको छ। यसैगरि शिवनाथ गाउँपालिकाको सभापतिमा हिरा चन्द चयन भएकी छिन् ।

पञ्चेश्वर गाउँपालिकाको कार्यसमिति पनि सर्व सम्मतिमै चयन भएको छ। गाउँपालिकाको सभापतिमा रामबहादुर चन्द चयन भएका छन् ।

दशरथचन्द नगरपालिकाको कांग्रेस सभापतिमा भुवन राज भट्ट प्यानल सहित बिजयी भएका छन्।  पुर्चौडी नगरपालिकाको कांग्रेस सभापतिमा गणेश सिंह गडाल बिजय भएका छन्। जिल्लाको दोगडाकेदार गाउँपालिकाको सभापतिमा नन्दराज भट्ट प्यानलसहित बिजयी भएका छन्। मेलौली नगरपालिकाको सभापतिमा प्रमानन्द भट्ट निर्वाचित भएका छन्।

जिल्लाको सिगास गाउँपालिकाको सभापतिमा कर्णबहादुर ऐर निर्वाचित भएका छन्। यसैगरि जिल्लाको डिलाशैनी गाउँपालिकाको सभापतिमा जयराज जोसी निर्वाचित भएका छन्।