अस्पतालका डाक्टरहरूको बेथिति: ओपिडी १० बजे खुल्छ, डाक्टर ११ बजे आउँछन्
2021/09/28, 10:53

जिल्ला अस्पताल बाजुराका डाक्टरहरूले उपचार सेवा प्रवाहमा लापरबाही गर्ने गरेका छन् । अस्पतालको पोपिडी १० बजे नै खुल्ने गरे पनि डाक्टरहरू भने ११ बजेसम्म पनि अस्पतालमा आइपुग्दैनन् ।

अस्पतालका एक कर्मचारीका अनुसार उपचारका लागि अस्पताल आउनेहरू घण्टौं कुर्न बाध्य छन् । कहिलेकाही म्यासेन्जरबाटै रिर्पोट मगाएर कोठाबाटै हेर्ने गरेको उनको भनाइ छ ।
जिल्ला अस्पतालमा ६ जना मेडिकल अधिकृत कार्यरत छन् । यहाँ एक जना डेन्टल सर्जन पनि छन् । ‘टाढाबाट उपचार गर्न जिल्ला अस्पताल आयौँ तर यहाँ डाक्टर नआएकाले अन्य स्वास्थ्यकर्मीले जाँच गरायौं,’ अस्पतालमा भेटिएका एक बिरामीका आफन्तले भने ।

जिल्ला अस्पतालमा डाक्टरहरूले विहान १० बजेदेखि २ बजेसम्म ओपिडीमा अनिवार्य बस्नुपर्ने जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले बताए ।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/05/02, 1:46
2023/01/08, 4:47
2024/11/26, 2:07