बाजुरामा एम्बुलेन्स तोडफोड
2021/10/01, 11:11
 
dd

बाजुरामा एम्बुलेन्स तोडफोड गरिएको छ। नेपाली कांग्रेस बाजुराका कार्यकर्ताले नेपाल रेडक्रस सोसाइटी बाजुराको एम्बुलेन्स र नगरपालिकाको डिजिटल बोर्ड तोडफोड गरेको बताइएको छ। 

कांग्रेसको ७औं जिल्ला अधिवेशन प्रदेश(ख) मा निर्वाचनको मतगणना स्थल बनाएको बाडिमालिका नगरपालिकाको गेटभित्र राखेको एम्बुलेन्सको अगाडीको सिसा सबै फुटाएको नेपाल रेडक्रस सोसाइटी बाजुराका सभापति रमबहादुर शाहीले बताए। 

उक्त एम्बुलेन्स भारतीय दुतावासको सहयोगमा नेपाल रेडक्रस सोसाइटी उप–शाखा बाजुराको नाममा रहेको र सो एम्बुलेन्स कोभिडको कारण बिरामी बोक्नुपर्छ भन्ने उदेश्यका साथ जिल्ला प्रशासन कार्यालय बाजुराले मर्मत गरेर ल्याएको उनले बताए। 

त्यसरी सार्वजनिक सामानहरु तोडफोड गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने रेडक्रसले अनुरोध गरेको छ। उक्त विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।