सुदूरपश्चिमका दुई जिल्लामा हेलिकोप्टर र सडक मार्गबाट चामल ढुवानी
2021/10/05, 7:11
 
dd

सुदूरपश्चिमका दुई जिल्लामा चामल ढुवानी गरिएको छ । दुर्गम हिमाली जिल्ला दार्चुलामा हेलिकोप्टरमार्फत र बाजुरामा कर्णाली कोरिडोरबाट चामल ढुवानी गरिएको हो ।

भारतले सीमा नदीका तुइन काटिदिएर व्यासमा नाकाबन्दी लगाएको दुई महिनापछि खाद्यान्न ढुवानी सुरु गरेको हो । गत साउन १५ गते भारतीय एसएसबीले महाकाली नदीमा लगाइएका तुइन काटेको थियो ।

व्यास(२ मालका ३३ वर्षीय जयसिंह धामी भारतीय एसएसबीले तुइन काटिदिँदा महाकालीमा बेपत्ता भएपछि भारतले नेपाल भारत जोड्न लगाइएका सबै तुइन काटिदिएको थियो । तुइन काटिएपछि नेपालतिर बाटो नहुँदा व्यासमा खाद्यान्न ढुवानी हुन सकेको थिएन् ।

भारतीय सडक र भारतीय बजारमा निर्भर रहेका व्यास गाउँपालिकाको वडा नम्बर २ दुम्लीङ, राप्ला, माल, वडा नम्बर ३ को सीना, तुसरपानी र वडा नम्बर ४ को सुनसेरामा सरकारले हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी गरेको हो ।

आइतबार देखि सिम्रिक एयरको हेलिकप्टरमार्फत व्या“सको खाद्यान्न अभाव भेगका वस्तीमा खाद्यान्न पुर्याएको हो ।
सोमबार राप्लामा २० क्विन्टल, दुम्लीङ र मालमा ४० क्विन्टल खाद्यान्न ढुवानी गरिएको व्यास गाउँपालिका अध्यक्ष दिलिपसिह बुढाथोकीले बताए ।

यस्तै व्यास १ को तिंकर छाङ्गरुमा पनि खाद्यान्न ढुवानी गरिएको छ । गाउँमा चामल नहुँदा स्थानीयले सास्ती भोगिरहेको बेला गाउ“मा थोरै भए पनि चामल पुगेपछि स्थानीय खुसी भएका छन् । व्यास ३ सीनाका गजराजसिह धामीले अहिले दुई महिनापछि गाउ“मा चामल देख्न पाएको बताए । अहिले चामल गाउ“मा पुगे पनि दशैसम्म पनि नपुग्ने गरी आएको व्या“स ३ का स्थानीय मञ्जु डडालले बताईन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले व्यासको लागि ६ सय क्विन्टल खाद्यान्न ढुवानी गरेको हो । छ सय क्विन्टल चामलमध्ये सीमाको लागि एक सय क्विन्टल, माल गाउ“को लागि ४० क्विन्टल, सुनसेरा २ सय क्विन्टल, दुम्लीङ ४० क्विन्टल, छाङरु १२४ क्विन्टल, र तिंकरको लागि ७५ क्विन्टल खाद्यान्न ढुवानी गरिदैछ । व्या“स गाउ“पालिकाका लागि ६ सय क्विन्टल चामल हेलिकप्टरमार्फत ढुवानी गर्न १ करोड ५३ लाख बजेट विनियोजन भएको छ ।

उता, बाजुराको पुर्वी उत्तरी भेग कोल्टीमा चामल पुगेको छ । खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी कोल्टी शाखामा चामल सकिएको २ महिनापछि डिपोमा चामल पुगेको हो ।

निरन्तरको वर्षाका कारण अवरुद्ध रहेका सडकका कारण चामल ढुवानी नहु“दा डिपोमा रहेको मौज्दात चामल सकिएको थियो । चामलको चरम अभाव भएको बेला चामल ढुवानी भएको छ ।

निरन्तरको वर्षाका कारण सा“फे–मार्तडी तथा मार्तडी–कोल्टी सडक खण्ड नखुलेपछि चामल कर्णाली करिडोरबाट ढुवानी गरेको हो । कोल्टी डिपोका लागि चामल ढुवानीको जिम्मा सुचदेवि अर्डर सप्लायर्सले लिएको थियो ।

सुचदेवि अर्डर सप्लायर्सले कर्णाली कोरिडोरबाट चामल ढुवानी गरेर खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी कोल्टी शाखामा पुगाएको छ । व्यापार कम्पनी र सप्लायर्सको कार्तिकबाट चामल ढुवानी गर्ने सम्झौता भएपनि चामलको चरम अभाव र आमसर्वसाधारणलाई सास्ती भएको भन्दै कठिनका साथ चामल ढुवानी गरेको सप्लायर्सले जनाएको छ ।

दशैंको मुखैमा खाद्यमा चामल अभाव भएको र सडकका कारण बजारमा महंगो मुल्य तिरेर खानु पर्ने बाध्यता आसर्वसाधारणलाई परेको भन्दै चामल समयमै ढुवानी गरेको हो ।

साँफे–मार्तडी सडक करिब साढे पा“च महिना पुगिसक्दा पनि सडक खुलेको छैन् सडकका कारण मार्तडीबाट ढुवानी गर्न समस्या भएपछि कर्णाली करिडोरबाट चामल ढुवानी गरी कोल्टी डिपोमा पुगाएको सुचदेवि अर्डर सप्लायर्सका प्रो नन्द महताराले बताएका छन् ।

उनले त्यहाँका नागरिकहरुको समस्यालाई मध्येनजर गर्दै आफ्नो घाटाको मुल्यांकन नगरी चामल ढुवानी गरेको महताराले बताए । विभिन्न ठाउ“मा गएको पहिरो राम्रोस“ग पन्छाएको छैन । पानी परिरहेको भएपनि विभिन्न समस्यालाई झेल्दै कोल्टीसम्म चामल गरेको उनले बताए।

चामल ४ सय क्विन्टल ५० केजी ढुवानी गरेको महतारले बताए । कोल्टी डिपोमा चामल पुगिसकेकाले खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीले तत्काल सर्वसाधारणलाई चामल वितरण गर्ने जनाएको छ ।

यता जिल्ला सदरमुकाम मार्तडीस्थित खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीमा पनि चामल सकिएको करिब एक महिना पुगिसकेको छ । साँफे–मार्तडी सडक नखुलेपछि चमल ढुवानीमा ढिलाई भएको हो । सडक खुले लगत्तै चामल ढुवानी गर्ने खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीले जनाएको छ ।