बैतडीमा कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान हुँदै
2021/11/23, 11:14
 
aa

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बैतडीमा आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । मनोनयन दर्ताको काम सोमबार सकिएको र आज मतदाना प्रक्रिया अघि बढ्ने निर्वाचन अधिकृत पुष्पराज जोशीले जानकारी दिए । 

बैतडीमा शिवराज भट्टको नेतृत्वमा संस्थापन पक्ष र चतुरबहादुर चन्दको नेतृत्वमा पौडेल पक्ष चुनावी मैदानमा रहेको छ । चन्द प्यानललाई पौडेल पक्ष भने पनि उनीहरुले आफूहरु संयुक्त संस्थापन पक्ष भएको दाबी गरेका छन् । सभापति पदका लागि शिवराज भट्ट र चतुरबहादुर चन्दले उम्मेद्वारी दर्ता गराएका छन् । 

यस्तै भट्ट प्यानलबाट उपसभापति पदका लागि बीरबहादुर बिष्ट र हरिसिंह धामीको मनोनयन दर्ता भएको छ भने चन्द प्यानलबाट रमेश पाण्डेय र खगेन्द्रसिंह धामीको मनोनयन दर्ता भएको छ । यस्तै भट्ट प्यानलबाट सचिव पदका लागि रमेशसिंह भण्डारी र कर्णबहादुर बोहराको उम्मेद्वारी दर्ता भएको छ भने चन्द प्यानलबाट प्रेमबहादुर चन्द र देवराज जोशीको उम्मेद्वारी दर्ता भएको छ । 

यस्तै सहसचिवमा पदमा भट्ट प्यानलबाट रमेश कोली र घनश्याम भट्टको उम्मेद्वारी दर्ता भएको छ भने चन्द प्यानलबाट दिपेन्द्रबहादुर चन्द र दशरथसिंह चाडको उम्मेद्वारी दर्ता भएको छ । महाधिवेशन प्रतिनिधिमा पनि दुवै प्यानलले अलग अलग उम्मेद्वारी दर्ता गराएका छन् ।