
बाजुरामा मेडिकलहरू गैरकानुनी रूपमा चलाएको भन्दै औषधी व्यवस्था विभागले पाँच वटा मेडिकललाई सिल गरेको हो ।

जिल्लाको उत्तरी क्षेत्रमा रहेको प्रभा आयुर्वेद , कोल्टीमा रहेको नबिन मेडिकल, विशाल आयुर्वेद औषधी पसल सिल गरेको हो । यस्तै पिलुचौरमा रहेका जनता स्वास्थ्य क्लिनिक र संज्याल हेल्थ क्लिनिकलाई सिल गरेको जनाएको छ ।
औषधी व्यवस्था विभागका शाखा अधिकृत धन बहादुर बोहराको नेतृत्वमा आएको टोलीले अनुगमनको क्रममा गैरकानुनी रूपमा सञ्चालन भएका मेडिकलहरू भेटिएपछि सिल गरेको हो ।

बुढिनन्दा नगरपालिका र जिल्ला प्रशासन कार्यालय बाजुराले पटक पटक गैरकानुनी रूपमा मेडिकल सञ्चालन नगर्न निर्देशन दिएको भए पनि सञ्चालकहरूले अटेर गर्दै आएको बुझिएको छ।
2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/06, 5:06
2021/01/05, 5:41
2021/08/09, 2:34
2022/05/18, 11:32