एमाले बाजुराको अध्यक्षमा शाही र ओलीको उम्मेदवारी
2022/01/11, 3:10
 
ss

नेकपा एमाले बाजुराको सातौं जिल्ला अधिवेशनमा दुई जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन कमिटीले जनाएको छ । 
एमालेको सातौं जिल्ला अधिवेशनमा बन्द सत्रबाट बनाइएको अध्यक्ष मण्डले घोषणा गरेको जिल्ला कमिटीको नेतृत्व र सल्लाकार समिति प्रस्ताव गरेपछि अध्यक्ष पदमा दुई जनाले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत दिलिप शाहीले मालिका टुडेलाई जानकारी दिएका छन् । 


उनले दिएको जानकारी अनुसार अध्यक्ष पदका लागि  अध्यक्ष मण्डलले प्रस्ताव गरेका कालीबहादुर शाही र एमाले नेता लालबहादुर ओलीले उम्मेदवारीको मनोनयन दर्ता गराएको बताए  । अधिवेशनको बन्द सत्रबाट बनाइएको अध्यक्ष मण्डलका  संयोजक तथा नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले प्रस्ताव गरेको अध्यक्ष पदमा दुई जनाले मनोनयन दर्ता गराएका हुन् । भने अन्य पदमा कसैले पनि मनोनयन दर्ता नगराएको मूख्य निर्वाचन अधिृकत शाहीले बताएका छन् । 


मंगलबार भएको पार्टीको निर्वाचनको प्रक्रियमामा मनोनय दर्ताका लागि पराम लिन गएकाहरुलाई अध्यक्ष मंडलका अध्यक्ष कर्णबहादुर थापाको निर्देशनमा निर्वाचन अधिकृत दिलीप शाही मनोनयन फारम नदिएको बताइएको छ ।  जिल्ला कमिटीको अन्य पदहरुमा पनि  उम्मेदवारी  दर्ता गराउनका लागि गएका नेताहरुलाई अध्यक्ष मण्डका कर्ण थापा, सदस्इ लालबहादुर थापा,प्रकाश शाह,सहदेव बोगटी र दयालबहादुर शाहीको ठाडो निर्देशनमा निर्वाचन अधिकृत शाहीले मनोनयन फारम नदिएको  नेताहरुले बताएका छन्  । 


यस्तै अध्यक्ष मण्डलले प्रस्ताव गरेको जिल्ला कमिटी सल्लाहकार  सदस्य बनाइएका दीलबहादुर कुँवरले भने राजिनामा दिएका छन् ।  उनले आफु १५ वर्ष देखि जिल्ला कमिटी सदस्य भएर काम गरेको भएपनि पार्टी नेताहरुले योगदान र क्षमताको कदर नगरेकाले लिखित रुपमा अध्यक्ष मण्डलका संयोजक कर्णबहादुर थापालाई  पत्र बुझाएको बताए । 
यस्तै एमालेको सातौं जिल्ला अधिवेशनमा अध्यक्ष मण्डलले महिलाको प्रतिनिधत्व हुने गरी कुनै पदाधिकारी पदमा नलिएको प्रति आपत्ती जनाएका छन् ।