
जिल्ला अस्पताल बाजुरामा अक्सिजन प्लान्ट जडान गरिएको छ। जडान भएपछि प्लान्ट सञ्चालनमा आएको जिल्ला अस्पताल बाजुराका कार्यालय प्रमुख डाक्टर प्रकाशराज जोशीले बताएका छन्। अस्पतालले असारमा नै प्लान्ट जडान गर्ने योजना बनाएको भएपनि बर्सातका कारण सामान ढुवानीमा समस्या आएकाले अक्सिजन प्लान्ट जडानमा ढिलाई भएको उनले बताए।

अक्सिजन प्लान्ट स्थापनाका लागि सुदूरपश्चिम प्रदेश सरकारबाट ८० लाख र संघीय सरकारको ७५ लाख गरी एक करोड ५५ लाखमा बजेट आएको थियो। जिल्लामा अक्सिजन प्लान्ट नहुँदा धनगढी, नेपालगञ्ज जानुपर्ने बाध्यता थियो। कोभिडको तेस्रो लहर फैलिरहेको बेला जिल्लामा अक्सिजन प्लान्ट स्थापना भएपछि उपचारमा ठूलो सहयोग भएको अस्पताल बाजुराले जनाएको छ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/06, 5:06
2021/01/05, 5:41
2021/08/09, 2:34
2022/05/18, 11:32