खराब मौसमका कारण धनगढीको हवाई उडान प्रभावित
2022/01/30, 3:14
 
airport

बाक्लो हुस्सुका कारण धनगढी विमानस्थलमा काठमाण्डौं–धनगढी उडान प्रभावित भएको छ । हुस्सुले गर्दा भिजिबिलिटी कम भएपछि हवाई उडान हुन नसकेको हो । हुस्सुका कारण आइतबार बिहानको स्थगित भएको नागरिक उड्डयन प्राधिकरण धनगढीका प्रमुख रामकृष्ण भट्टले बताए । उनका अनुसार विहानको एक÷एक उडान बुद्ध र सौर्यले स्थगित गरिसकेका छन् । ‘श्री एयरलाइन्स भने दिउँसोसम्म पनि वेटिङमा छ’, प्रमुख भट्टले भने ।                         
धनगढी विमान स्थलमा बुद्ध, श्री एयरलाइन्सको तीन/तीन र सौर्यको एक गरी दैनिक सात वटा उडान हुने गरेको छ । यसैगरी, धनगढीबाट सुदूरपश्चिमको पहाडी जिल्लामा दैनिक चार÷पाँच वटा उडान हुने गरेको छ । अहिलेसम्म कुनै पनि उडान हुन नसकेको प्राधिकरणले जानकारी दिएको छ ।                                                            साँझसम्म मौसम सफा भए उडान हुन सक्ने प्रमुख भट्टले बताए । ‘ढिलो भएको फलाइट राति १२ बजेसम्म पनि भएको उदाहरण छ’, उनले भने । ‘मौसम खुल्यो भने साँझ विमानस्थल खुल्न सक्छ ।’