बाजुरामा हिमपातपछि वन्यजन्तुको चोरी सिकार बढ्दै
2022/02/05, 11:35
 
dd

बाजुरामा हिमपात सुरु भएपछि लेकाली भेगमा रहेका जङ्गली जनावरको चोरी सिकार बढ्ने भएको छ। हिमपातका कारण जङ्गली जनावर न्यानो खोज्दै बेँसीमा आउने गरेकाले स्थानीयवासी घरेलु हतियारले भाला छुरा सिकार गर्ने गरेका छन्।

लेकाली भेगमा रहेका हरिण, मृग, रतुवा, कालिज घोरललगायत जङ्गली जनावरको सहजै रुपमा उनीहरुले चोरी सिकार गर्ने गरेका छन्। हिमपात भएपछि स्थानीयवासीले समूह बनाउँदै उनीहरुलाई पासोमा वा अन्य घरेलु हतियार प्रयोग गर्दै सिकार गर्ने गरेका हुन्।

यहाँका हिमाली गाउँपालिका, स्वामीकार्तिक, जगन्नाथ, गौमुल, बडिमालिका, त्रिवेणीलगायतका पालिकामा स्थानीयवासीले जङ्गली जनावरको  चोरी सिकार गर्ने गरेका छन्। 

जङ्गली जनावरको छाला निकालेर बिक्री पनि गर्ने गरेको पाइन्छ। सरकारले वन्यजन्तु सिकार गर्न नपाइने गरी कानुन बनाएको भएपनि हिमाली तथा पहाडी जिल्लाका स्थानीयवासीले लुकिछिपी जङ्गली जनावरको सिकार गर्न छोडेका छैनन्।

हिमपात भएपछि घरै जङ्गली जनावर बास खोज्दै आउने गरेकाले सिकार गर्न झन् सहज हुने गरेको छ। जङ्गली जनावरको चोरी सिकारी रोक्नका लागि डिभिजन वन र प्रहरीको सुरक्षामा निगरानी आवश्यक रहेको बताइएको छ।