खप्तड र बडिमालिका घुम्न हेलि प्याकेज
2022/02/07, 1:52
 
aa

सुदूरपश्चिम प्रदेशका प्रमुख पर्यटकीय गन्तव्य खप्तड र बडीमालिका घुम्न हेलिकोप्टर प्याकेज ल्याइएको छ। अहिले हिउँले सेताम्मे रहेका यी दुई गन्तव्यको दृश्यावलोकन गर्ने चाहाना भएका, तर समय अभावका कारण जान नसक्ने पर्यटकहरुका लागि हेलिटुरको प्याकेज ल्याइएको हो।

उक्त प्याकेज २०७८ फागुन १ देखि १० गतेसम्मका लागि रहेको खप्तड होमस्टे झिग्राना तथा खप्तड एडभेन्चर टुर्स डोटीका प्रबन्ध निर्देशक दिपकबहादुर खड्काले जानकारी दिएका छन्। उनले प्रेस विज्ञप्पित जारी गर्दै भनेका छन्, ुखप्तड बडीमालिका लगायतका गन्तव्यमा धार्मिकस्थलहरुको दर्शन तथा दृश्यावलोकन गराउने योजना बनाएका छौं।

१० दिनको अवधिमा कम्तीमा पनि ३५० जना आन्तरिक पर्यटकलाई खप्तड र बडीमालिका भ्रमण अवलोकन गराउने लक्ष्य लिएको उनले बताएका छन्। डोटीको दीपायलदेखि खप्तड पुर्‍याइ फेरि दीपायल ल्याउनका लागि प्रतिव्यक्ति १२ हजार रुपैयाँ भाडा तोकिएको छ। २२ हजार रुपैयाँमा एकरात खप्तडमा बासका साथै झिग्रानादेखि खप्तड र फेरि झिग्राना गर्न पाइनेछ।

दीपायलदेखि बडिमालिका सम्मको प्याकेजअन्तर्गत प्रतिव्यक्ति ३० हजार रुपैयाँ रहेको छ भने साँफेबगरबाट २४ हजार रुपैयाँ छ। दिपायलबाट खप्तड र बडिमालिका भएर दिपायल पुग्न प्रतिव्यक्ति ३५ हजार रुपैयाँ तोकिएको छ।