जयपृथ्वी नगरपालिकामा एमाले उम्मेदवारको मनोनयन दर्ता 
2022/04/25, 5:26
 
dd

जयपृथ्वी नगरपालिकाका सबै पदमा एमालेले मनोनयन दर्ता गरेको छ । एमालेको तर्फबाट नगर प्रमुखको पदमा सुरतबहादुर सिंह र उपप्रमुखमा जमुना चन्दको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै नगर पालिकाका ११ वटै वडाका वडाध्यक्ष र सदस्यहरुले पनि मनोनयन दर्ता गरेका छन् ।

वडा नं १, को वडाध्यक्ष पदका लागि अस्मिता सिंह, वडा नं २ मा कलक खड्का, वडा नं ३ मा गोरख ओखेडा, वडा नं ४ मा गोरख खाती र वडा नं ५ राकेस सिंहको उम्मेदवारी दर्ता भएको हो । यस्तै वडा नं ६ धिरेन्द्र सिंह, वडा नं ७ मा अमित महर, वडा नं ८ मा लोकेन्द्र बोहरा, वडा नं ९ मा प्रविन्द्र धामी वडा नं १० मा जयबहादुर विक र वडा नं ११ मा सर्जन थापाले एमालेको तर्फबाट वडाध्यक्षको पदमा सदस्यको टिम सहित उम्मेदवारी दिएका हुन् ।

उम्मेदवारी दर्ता गर्नका लागि एमाले उम्मेदवारहरु कार्यकर्ता र शुभेच्छुकसहित विभिन्न जुलुस र बाजागाजासहित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । एमालेको उम्मेदवारी सकिएलगत्तै गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गराउने तयारी छ । गठबन्धनको तर्फबाट नगरप्रमुखमा नेपाली कांग्रेसका चेतराज बजाल र नेकपा माओवादी केन्द्रका रतनबहादुर सिंह आकांक्षी रहेका छन् ।