
नेपाली कांग्रेसको कार्बाहीमा परेका नेता कर्णबहादुर मल्लले स्थानीय तह चुनावको प्रचारका लागि नेकपा एमालेसँग मिलेर संयुक्त कार्यालय खोलेका छन्।

नेपाली कांग्रेस बीपीको नाममा एमालेसँग तालमेल गरेका उनले अमरगढीमा सम्पर्क कार्यालय स्थापना गरेका हुन्। मल्लले आजै एमालेसँग मिलेर खोलिएको संयुक्त कार्यालयको उद्घाटन गरेका थिए। उद्घाटन कार्यक्रममा कांग्रेस बीपीबाट अमरगढी नगरपालिकाको मेयर उठेका कांग्रेस नेता हरिप्रसाद भट्टसहित एमालेका स्थानीय नेता तथा कार्यकर्ताको उपस्थिति थियो।
मल्लले एमालेसँग गठबन्धन गर्दै डडेलधुरामा आफ्ना उम्मेदवार उठाएपछि कांग्रेसले उनलाई कार्बाही गरेको थियो।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/05/02, 1:46
2023/01/08, 4:47
2024/11/26, 2:07