सुदुरपश्चिम प्रदेशमा धनगढी स्थित एकै प्रयोगशालामा कोरोना परिक्षण भईरहँदा नमुनाहरुको अत्याधिक चाप वढेको छ । दिनमा दुई ढाई सय नमुना परिक्षण हुँदा हजारौं नमुनाहरु काठमाण्डौंको जनस्वास्थ्य प्रयोगशालामा पनि परिक्षणका लागि पठाउने काम भईरहेको छ ।
पिसिआर मेसिनको अभावमा कम नमुना परिक्षण भईरहँदा पहाडी जिल्लाको केन्द्र डडेल्धुरामा पिसिआर मेसिन जडानका लागि प्रक्रिया अगाडी थालिएकोमा अहिले मेसिन डडेल्धुरा पुगेको छ । डडेल्धुरामा मेसिन जडानको काम सुरु भएकोमा अवको एक सातामा कोरोना परिक्षणको काम सुरु हुने तयारी भईरहेको छ । तर मेसिनलाई लिएर विभिन्न टिका टिप्पणी भईरहेका छन् । मेसिन कसले ल्याएको हो ? कसले पैसा दिएको हो भन्ने विषयले सामाजिक सञ्जाल तातेको छ ।
सुदुरपश्चिम प्रदेशकै शिर्षथ नेता तथा हाल नेपाल सरकारका उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले आफ्नो प्रदेशका लागि तीन वटा मेसिन खरिद गर्ने घोषणा गरे । उनले विभिन्न सञ्चार माध्यम र सार्वजनिक कार्यक्रममा मेसिन ल्याउनका लागि आफुले पहल गरिरहेको पनि बताए । यता धनगढीमा सीममा अलपत्र परेकाहरुलाई खाना खुवाउन धनगढीका युवा व्यवसायीहरुले सीममा अलपत्र नेपालीहरुको दुःख सहन नसकेर खाना खुवाउने अभियान थाले । त्यही अभियान थालेपछि अन्य निकाय र प्रदेश सरकारले पनि खाना खुवाउन थाले । त्यसपछि खाना खुवाउने व्यवसायीहरुको समुहले एक व्यक्ती दुई किट अभियान सञ्चालन सुरु गर्यो । त्यसपछि सामाजिक काम गर्नका लागि ह्युमानिटी फाउण्डेसको जन्म भयो । त्यही फाउण्डेसनले विभिन्न देशहरुमा रहेका नेपालीहरुसँग पनि सम्पर्क गर्दै पिसिआर मेसिनको आवश्यकता महसुस गरायो । धनगढीमा पिसिआर मेसिनका लागि आर्थिक संकलन अभियान सुरु भयो ।
धनगढीका विभिन्न व्यवसायी, व्यक्ती र संघ संस्थाहरुले आफ्नो दक्ष अनुसारको रकम सहयोग गरे । सहयोग गर्ने क्रम पनि जारी रहेको छ । धनगढीसँगै कोरिया, नर्वे, अष्टेलिया, वेल्जियम, अमेरिकामा पनि अभियान सञ्चालन भयो । अभियानको सञ्चालन गर्यो सुदुरपश्चिम समाजले । सुदुरपश्चिम समाज जसका शाखाहरु सवै देशमा छन् । त्यही मार्फत अभियान चलेपछि रकम पनि संकलन भयो । संकलनको काम पनि जारी रहेको छ । केही रकम विदेशबाट आईसकेको छ भने केही आउने क्रममा रहेको छ । हालसम्म झण्डै ६४ लाख रकम जनस्तरबाट संकलन भएको ह्युमानिटी फाउण्डेसनका अध्यक्ष श्याम तायलले जानकारी दिए ।
ह्युमानिटी फाउण्डेसनले मेसिन खरिदका लागि अभियान सञ्चालन गर्नु र उद्योग तथा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले पनि मेसिनका लागि लाग्नु सँगसँगै जस्तो भयो । एउटा उद्देश्य भएपछि किन सहकार्य नगर्ने भनेर मन्त्री भट्ट र ह्युमानिटी फाउण्डेसनले सहकार्य गरे र पिसीआर मेसिन डडेल्धुरा पुग्यो । काठमाडौंमा रहेका व्यवसायीहरु सग छलफलमा रकम पछि भुक्तानी गर्ने सर्तमा प्लेन चार्टर गरेर चिनवाट मेसिन खरिद गरिएको थियोे ।, सरकारी प्रकृयावाट मेसिन किन्न टेन्डर पकृयामा जानुपर्ने झन्झट गर्नुभन्दा कुनै सस्थाका नाउँमा मेसिन ल्याउने योजना अनुसार मेसिन तत्कालैै खरिद भएको हो ।
कोरोना भाईरसको माहामारी सुदुरपश्चिमका पहाडी जिल्लामा अत्याधिक भएपछि पिसिआर चेकजाँच गर्न र रिपोर्ट आउन हप्तौ कुर्नुपर्ने अवस्वथामा सरकार र मन्त्रीमाथि जनताको व्यापक दवाव परेको थियोे । छिटो खरिद गरि मेसिन डडेल्धुरा पुर्याउने भन्ने विकल्पको खोजी हुँदा फाष्ट ट्याकबाट मेसिन ल्याउने सहमति भयो । विभिन्न कम्पनीहरुसँग कोटेसन माग गरिएकोमा ९६ लाखमा पिसिआर मेसिन खरिद भयो । मन्त्री भट्ट तथा ह्युमानिटी फाउण्डेसन बिच भएको सहमति अनुसार पिसिआर मेसिन खरिदको लागतमा ७० लाख ह्युमानिटी फाउण्डेसनले व्यहोर्ने प्रतिबद्धता जनायो । हालसम्म फाउण्डेसनले पिसिआर खरिदका लागि रकम संकलन भएपनि हस्तान्तरण र भुक्तानी भने गरेको छैन् । फाउण्डेसनले संकलन भएको रकममा थप संकलन गरेर प्रतिबद्धता जनाए अनुसार नै रकम दिने योजनामा जनाएको छ ।
झण्डै ९६ लाखमा पिसिआर मेसिन खरिद गरिए पनि खरिद वापतको रकम पनि भुक्तानी भएको छैन् ।
बाँकी रहेको रकम सरकारले व्यहोर्ने र ७० लाख ह्युमानिटी फाउण्डेसनले व्यहोर्ने सल्लाह अनुसार नै मेसिन किनिएको मन्त्री लेखराज भट्टका स्वकीय सचिव हितेश ओझाले वताए । मन्त्री भट्टका स्वकीय सचिव हितेश ओझाले मेसिन खरिद प्रकृयामै रहेका वेला फाउण्डेशनसँग जोडिएको वताए । रकम भुक्तानी नभएपनि मन्त्री भट्टले आफु जिम्मेवारी लिने भन्दै मेसिन किनेर डडेल्धुरा पठाएका हुन् । चीनबाट विमान चार्टर गरेर ल्याउनुपर्ने भएकोले मेसिन ल्याउन ढिलाई भएको हो । थप दुई वटा मेसिन पनि चीनबाट आउने तयारीमा रहेका छन् । चीन गएको विमानसँग सहकार्य गरेर मेसिन ल्याउँदा ढुवानी रकम कम पर्ने, चार्टर गरेर ल्याउँदा बढी खर्च आउने भएकोले मेसिन पुग्न केही ढिलाई भएको स्वकीय सचिव ओझाले बताए ।
उनका अनुसार काठमाण्डौं पुगेको मेसिन केही दिन विमानस्थलमै थन्किएको थियो । हार गुहार गरेर मात्रै हात जोडेर ट्क मार्फत मेसिन अत्तरियासम्म पुराईएको हो । अत्तरियाबाट अर्को गाडीमा डडेल्धुरा पुराईएको हो । आईतवार अत्तरियामा पुगेको पिसिआर मेसिन डडेल्धुरा अस्पताललाई हस्तान्तरण गरिएको छ । सामाजिक सञ्जालमा मन्त्रीको पहलमा ल्याएको, मन्त्रीले समन्वय गरेको, ह्यमुमानिटी फाउण्डेसनले रकम नदिएको जस्ता चर्चा चलिरहेका छन् । तर त्यसको वास्तविकता भने फरक रहेको छ । मन्त्री भट्टले आफ्नो जमानीमा उधारो रकममा ल्याएका हुन् । तर त्यसको ठुलो रकम भुक्तानी गर्ने काम भने ह्युमानिटी फाउण्डेसनले दिने भनेको र प्रतिबद्धता जनाएकै रकम दिनेछ ।