कञ्चनपुरको पुनर्वासमा काँग्रेसको अग्रता कायमै, कसको मत कति ?
2022/05/20, 12:02
 
ss

कञ्चनपुरको पुनर्वास नगरपालिकाको मत गणना जारी छ। पछिल्लो मत परिणाम अनुसार नेपाली काँग्रेसले अग्रता कायमै राखेको छ।

नगर प्रमुखका उम्मेदवार काँग्रेसका तोयप्रसाद शर्मा ३१५७ मतसहित अग्रस्थानमा छन्। उनलाई १८०८ मत ल्याउँदै एकीकृत समाजवादीका जीवनराज थापा पछ्याइरहेका छन्। त्यस्तै, नेकपा एमालेका पदमबहादुर पूजाराले १८०१ मत ल्याएका छन्।

उपप्रमुखमा पनि काँग्रेसकै भुलीया राना अगाडि छिन्। उनले २५४३ मत प्राप्त गरेकी छिन्। माओवादी केन्द्रका धोखे राना २३५९ मतसहित उनलाई पछ्याइरहेका छन् भने एमालेकी सुशीला खत्रीले १९९० मत पाएकी छिन्। पुनर्वासमा जम्मा ११ वडा रहेका छन्।

अहिलेसम्म १, २, ३ र १० गरी चार ओटा वडाको मत गणना सकिएको छ। अहिले वडा नम्बर ४ को मत गणना भइरहेको छ।