
धनगढी- कैलालीमा एक युवक शौचालयमा मृत अवस्थामा भेटिएका छन् । जिल्लाको गोदावरी नगरपालिका–१ अत्तरियामा रहेको चौलागाईं वस्त्रालय भण्डारमा काम गर्दै आएका बैतडीको डिलाशैनी–७ का २२ वर्षीय जयन्तबहादुर कार्की शौचालयमा मृत भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक खगेन्द्र साउदले शनिबार अबेर साँझ कार्की सोही वस्त्रालयको शौचालयमा विद्युतको तारले बल्बको होल्डरमा झुण्डिएको अवस्थामा मृत भेटिएको जानकारी दिए । उनका अनुसार कार्की सोही वस्त्रालयमा विगत २ वर्षदेखि काम गर्दै आएका थिए ।
शनिबार अबेर भइसकेका कारण आइतबार बिहानदेखि मात्र घटनास्थल कार्य थालिएको छ । कार्कीका आफन्तले शव शंकास्पद अवस्थामा भेटिएकाले घटनाको निष्पक्ष छानविनको माग गरेका छन् । प्रहरीले घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/25, 10:57
2021/02/07, 4:59
2021/05/24, 6:57
2022/01/03, 10:34
2023/01/18, 12:49