अछाममा एकीकृत समाजवादीद्वारा उम्मेदवार सिफारिस, को-को परे ?
2022/08/29, 5:47
 
ss

धनगढी-आउँदो निर्वाचनलाई लक्षित गरी नेकपा ९एकीकृत समाजवादी० ले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ। सदरमुकाम मंगलसेनमा आइतबार पार्टीको जिल्ला कमिटी बैठकले दुई प्रतिनिधिसभा र चार प्रदेशसभामा उम्मेदवारको नाम सिफारिस गरेको जिल्ला इन्चार्ज कुलबहादुर कुँवरले जानकारी दिए। 

प्रतिनिधि सभामा दुई निर्वाचन क्षेत्र रहेको अछाममा क्षेत्र १ बाट बर्तमान श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री शेरबहादुर कुँवरको एकल नाम सिफारिसमा गरेको छ। सोही पार्टीले क्षेत्र २ मा पार्टीका जिल्ला उपसचिव नमराज न्यौपानेको नाम सिफारिस गर्ने निर्णय गरेको सो दलले जनाएको छ। 

यस्तै, प्रदेशको प्रत्यक्ष निर्वाचनका लागि अछाम –१ को ‘क’ प्रदेशमा कुलबहादुर कुँवर र हिक्मत कुँवरलाई सिफारिस गरिएको छ। कुलबहादुर समाजवादीका केन्द्रीय सदस्य तथा अछाम इन्चार्ज हुन्। ‘ख’ प्रदेशमा जिल्ला अध्यक्ष हिरण्ड भट्टराई र रत्ना तामाङ सिफारिसमा परेका छन्। अछाम–२ को प्रदेश ‘क’ डबल चलाउने, दुर्गा बोहरा र दीपक विष्ट सिफारिसमा परे।  यस्तै ‘ख’ प्रदेशमा केन्द्रीय सदस्य शंकर भण्डारी, जिल्ला सचिव नवराज साउँद र जिल्ला उपसचिव नयन सोडारी उम्मेदवारका लागि सिफारिस भएका छन्। 

प्रतिनिधिसभाको समानुपातिकतर्फ बिन्द्रा साउँद, बलबहादुर सोडारी, योगेन्द्र विष्ट र भक्त शाही उम्मेवारका लागि सिफारिसमा परेका छन्। प्रदेश सभाको समानुपातिक उम्मेदवारमा मिना साउँद, जितबहादुर निसानी, डम्बर नेपाली, हर्कबहादुर साउँद, बिर्मला बुढथापा, जयन्ती बोगटीको नाम सिफारिस भएको छ। यस्तै प्रदेशको समानपातिकतर्फ उम्मेदवार बन्न देवकला चलाउने, केसरी रेग्मी, कृष्णा न्यौपाने, इन्द्र जयगडी र कल्लानसिंह बोगटी रहेका छन्।