डडेल्धुरामा पछिल्ला वर्षहरूमा जटिल गर्भपतन गराउनेको सङ्ख्या बढ्दै
2022/09/11, 11:07
 
डडेल्धुरामा पछिल्ला वर्षहरूमा जटिल गर्भपतन गराउनेको सङ्ख्या बढ्दै

डडेल्धुरा - पछिल्ला वर्षहरुमा जटिल गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको छ। गत आर्थिक वर्ष २०७८–७९ मा डडेल्धुरामा २६ जनाले जटिल गर्भपतन गराएको स्वास्थ्य कार्यालय डडेल्धुराको तथ्याङ्क छ। आर्थिक वर्ष २०७७–७८ मा जटिल गर्भपतन गराउनेको सङ्ख्या १८ थियो।

शुक्रबार डडेल्धुरामा आइपास नेपाल र सामुदायिक विकास मञ्च ९सीडएफ० नेपालले आयोजना गरेको ‘स्थानीय सञ्चारकर्मीसँग यौन तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी छलफल’ स्वास्थ्य कार्यालयका परिवार नियोजन सुपरभाइजर निरीक्षक भवानीसिंह कुँवरले एक वर्ष अन्तरमा ८ जनाले सङ्ख्या वृद्धि भएको बताए।

डडेल्धुरामा गत आर्थिक वर्षमा १ हजार १५१ जनाले औषधिको प्रयोग गरी सुरक्षित गर्भपतन गराएका थिए।जबरजस्ती करणी, हाडनाता, विकलाङ्ग बच्चा जन्मिने सम्भावना लगायतका समस्या भएमा २८ हप्तासम्मको गर्भपतन निःशुल्क गराउन पाउने अधिकार छ। नेपालजस्तो पितृसत्तात्मक सोच भएको देश भएकाले छोराको चाहना, गरिबी, अशिक्षा र अवैध सम्बन्धका कारण गर्भपतन गराउनेको सङ्ख्या वृद्धि भएको चिकित्सकको भनाई छ।