समाजसेवी बोगटीद्वारा आमा–बुवाको पुण्य तिथिमा अत्तरियामा रहेको सेभ हाउसलाई भोजन
2022/09/14, 5:34

धनगढी – गौरीगङ्गा नगरपालिका–६, कठौतिया, बनबेहडा निवासी समाजसेवी मीन बहादुर बोगटीले महिला तथा बालबालिका सेभ हाउसमा भोजन कार्य सम्पन्न गर्नुभएको छ । आफ्ना स्वर्गीय आमा–बुवाको पुण्य तिथिको अवसरमा बोगटीले अत्तरिया स्थित महिला तथा बालबालिका सेभ हाउसमा भोजन सम्पन्न गराउनु भएको हो ।

सहारा विहीनहरूको एक महत्त्वपूर्ण सहारा बनिरहेको सेभ हाउसमा आमा बुवा दुवै गुमाएका, बुवा बेपत्ता भएका, आमा बुवा विभिन्न अभियोगमा जेल जीवन बिताइरहेका, दाइ भाइ कोही सहारा नभएका, बुवा आमा दुवैले छोडेर अन्तै गएका, आमाको मृत्यु पछि बुवाले अर्को विवाह गर्दा सौतेनी आमाले बस्न नदिएका, कुपोषित भएका, बेवास्तामा परेका र अति गरिब लगायतका विभिन्न कारणले बेसहारा बनेका सुदूरपश्चिम सहित देशभरका विभिन्न ठाउँका बालबालिकाहरूको संरक्षण गरिएको छ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/19, 4:41
2023/01/27, 12:40
2024/12/18, 12:00
2021/04/17, 9:35