उद्दार र राहतमा खटिन आफ्ना कार्यकर्तालाई कैलाली कांग्रेसको  निर्देशन
2022/09/19, 10:51
 
ss

धनगढी-  अविरल वर्षाका कारण नदी, खोलानालामा आएको बाढीबाट कैलालीका विभिन्न स्थानमा गरी एक हजार पाँच सय बढी परिवार (सात हजार पाँच सय बढी व्यक्ति) विस्थापित, पीडितहरुलाई  उद्दार र राहतमा खटिन आफ्ना कार्यकर्तालाई कैलाली कांग्रेसले   निर्देशन दिएको छ । 

भारी वर्षा, बाढी तथा पहिरोबाट कैलालीको भजनी, टीकापुर तथा लम्कीचुहा नगरपालिका, तथा जोशीपुर, जानकी, चुरे र कैलारी गाउँपालिका र धनगढी उपमहानगरपालिकाका विभिन्न वडा र गाउँमा व्यापक धनमालको क्षती भएको छ । बाढीबाट कैलालीको भजनीमा एक जनाको मृत्यु भएको छ भने धनगढी उपमहानगरपालिका–१३ मा एक युवति नालामा बगेर वेपत्ता भएकी छिन् । 
बाढी र डुबानका कारण कैलालीका भजनी, धनसिंहपुर, लालबोझी, जोशीपुर, लगायतका स्थानमा धानबाली नोक्सान भएको छ । प्राकृतिक विपद्का कारण हजारौं परिवारको अन्नपात, लुगाकपडा, भाँडाबर्तन लगायतका सरसामान नोक्सान भएको छ । 

भारी वर्षा, बाढी र पहिरोका कारण विस्थापित तथा प्रभावित भएका व्यक्ति र परिवारको उद्दार, राहत, बसोबास र पुनस्र्थापनाको कार्यमा खटिन नेपाली काँग्रेस कैलालीका सम्पूर्ण इकाईहरु, भातृ तथा शुभेच्छुक संघसस्था, क्रियाशील सदस्य तथा समर्थकहरुलाई कैलाली कांग्रेस आह्वान गरेको छ  । 

भारी वर्षा, बाढी र पहिरो, नदी कटान र डुबानका कारण भएको धनमालको यथासिघ्र यथार्थ विवरण संकलन गरी उचित क्षतीपूर्ति दिन पनि तीनै तहका सरकारहरुसंग समेत माग गरेको बिज्ञप्तीमा उल्लेख गरेको छ । 

साथै, पछिल्लो भारी तथा अविरल वर्षा, बाढी र पहिरोका कारण अछाम र दार्चुलामा ज्यान गुमाएकाहरुप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं । कैलाली कांग्रेस सभापति नारायण भट्टले भने प्राकृतिक विपदबाट प्रभावित तथा विस्थापित भएकाहरुलाई यथासिघ्र सुरक्षित बसोबासको व्यवस्था मिलाउन र उनीहरुलाई उचित राहत सामग्री उपलब्ध गराउँदै पुनस्र्थापनाको यथोचित व्यवस्था मिलाउन नेपाल सरकार, सुदूरपश्चिम प्रदेश सरकार र कैलालीका सबै स्थानीय सरकारहरुसंग माग गरेका छौं । यति मात्रै नभई हामी आफु राहत जुटाउन खटिरहेका छौं ।  

सुदूरपश्चिममा बाढीपहिरोबाट सबैभन्दा ठूलो मानवीय क्षति अछाममा भएको छ । बाढीपहिरोमा परेर अछाममा २२ जनाले ज्यान गुमाएका छन् ।  कैलाली, कञ्चनपुरमा नदी कटान र डुवानले सयौँ परिवार विस्थापित भएका छन् । भौतिक संरचना, पशुचौपाया, बालिनालीमा समेत बाढीपहिरो, डुवान र कटानले ठूलो क्षति पुगेको छ ।

No description available.