धनगढी - कैलाली क्षेत्र नम्बर ४ बाट सत्तारुढ गठबन्धनका साझा उम्मेदवार बनेका बिरबहादुर बलायर आफैलाई भोट हाल्न नपाउने भएका छन् ।
निर्वाचन आयोगल् मतदाता नामावली भएको क्षेत्रभन्दा बाहिर उम्मेदवार बनेका व्यक्तिलाई भोट हाल्न नपाउने व्यवस्था गरेकाले उनी आफैलाई मत दिन नपाउने भएका हुन् ।
निर्वाचन आयोगकाअनुसार समानुपातिक उम्मेदवारले समेत मतदान गर्न पाउने छैनन् । कांग्रेस सुदूरपश्चिमका सभापति समेत रहेका बलायरको मतदाता नामावली डोटीमा छ तर उनी कैलाली आएर चुनाव लडिरहेकाले भोट हाल्ने अधिकारबाट वञ्चित भएका हुन् ।
2024/11/22, 3:32
2024/11/22, 3:30
2024/11/22, 3:28
2024/11/22, 3:22
2024/11/15, 8:30
2024/11/11, 5:33
2024/08/16, 7:04
2024/08/16, 6:05
2020/07/20, 11:50
2020/12/09, 8:28
2021/07/23, 10:12
2022/04/17, 10:53
2023/05/12, 12:01