
धनगढी - सडकमाथिबाट सुख्खा पहिरो खस्दा बिहानैदेखि अवरुद्ध भएको जयपृथ्वी राजमार्ग खुलेको छ । बझाङको छबिसपाथिभेरा गाउँपालिका– १ बालुवाटार नजिकै सुख्खा पहिरो खस्दा आज बिहानैदेखि सवारीसाधन यातायात सेवा रोकिएका थिए ।
सडक डिभिजन कार्यालय बैतडीको डोजरले पहिरो पन्छाएपछि केहीबेर अघिदेखि सडक सहज भएको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जानकारी दिए ।

सडक अवरुद्ध हुँदा आज बिहानैदेखि रोकिएका बस, मालबाहक ट्रक र जीपहरू आआफ्नो गन्तव्यतर्फ लागेको प्रहरीले जनाएको छ ।

2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/15, 8:54
2020/10/18, 8:13
2021/05/15, 11:09
2021/12/13, 10:22
2022/12/20, 12:48