गठबन्धन व्यक्तिगत स्वार्थका लागि हैन : बम
2022/10/20, 6:51
 
गठबन्धन व्यक्तिगत स्वार्थका लागि हैन : बम

धनगढी – पाँच दलीय बाम–लोकतान्त्रिक गठबन्धन व्यक्तिगत स्वार्थका लागि नभएको नेपाली कांग्रेसका नेता तथा कैलाली क्षेत्र नम्बर ४ को प्रदेश ख का बाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार प्रकाशबहादुर बमले बताएका छन् ।

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ३ चौकीडाँडामा आयोजित मतदाता भेटघाट कार्यक्रममा बोल्दै नेता बमले संविधान च्यात्ने ओलीको जालझेल रोक्न बाम–लोकतान्त्रिक गठबन्धन एक भई लडाइँको मैदानमा होमिएको बताएका हुन् ।

ओली प्रवृत्तिलाई परास्त गर्दै देश र संविधानको रक्षार्थ अहिलेको आवश्यकता अनुसार नै पाँच दलीय गठबन्धन आएको बताउँदै उनले भने,‘हामी व्यक्तिगत स्वार्थ पूर्तिका लागि नभई संविधानको रक्षार्थ बाम–लोकतान्त्रिक शक्तिबीच गठबन्धन भई साझा उम्मेदवारका रुपमा उभिएका हौँ ।’
बाम–लोकतान्त्रिक गठबन्धबाट निर्वाचित भएपछि आफू सबैको भावना अनुसार काम गर्ने प्रतिवद्धता जनाउँदै उनले भने,‘म सधैँभरि तपाईहरुकै साथमा रहनेछु ।’